आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली र प्रचण्डबीच गोप्य भेटवार्ता, के भयो सहमति

प्रकाशित
1.2K
SHARES
pushpa kamal dahal kp sharma oli meeting

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा २ नेताले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का प्रचण्डबीच बुधबार भएको भेटमा पनि बैठक बोलाउने समझदारी भएको एक नेकपा नेताले बताएका छन् । ‘बजेट र संविधान संशोधनको सबै प्रक्रिया सकिएपछि सम्भवत बैठक बोलाउने समझदारी भएको छ ।’ ति नेताले भने । असार १० गते बैठक बोलाउन सम्भावना छ । तर अहिलेसम्म बैठकबारे कुनै खबर नआएको एक स्थायी कमिटी सदस्यले बताए ।

अनिश्चतकालका लागि स्थगित भएको स्थायी कमिटी बैठक असार १० गते नै बस्ने पक्का भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । यसअघि ओली र प्रचण्डबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन । स्थायी कमिटी बैठक बोलाएकाले एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।

एमसीसीलाई लिएर नेकपामा विवाद छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि पहिला २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

वैशाख ३१ मा बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने भनिएको बैठक सदस्यहरूको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो । त्यसबेला स्थायी कमिटीका सबै सदस्यको कोरोना परीक्षण गरेरमात्र बैठक बस्ने भनिएको थियो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।

नेकपाका २० स्थायी कमिटी सदस्यले वैशाख १० मै पार्टी अध्यक्षद्वयलाई पत्र लेखेर बैठक बोलाउन लिखित माग गरेका थिए । तर, धेरै पछि २५ वैशाखका लागि बोलाइएको बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो ।

नीति तथा कार्यक्रम र बजेटअघि स्थायी कमिटी बोलाउने र नबोलाउने मात्रै होइन, २४ वैशाखमा बसेको सचिवालय बैठकले छलफलका एजेन्डा नै तय गर्न नसकेपछि २५ वैशाखका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

बैठक पछिल्लो पटक मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको थियो । पार्टी विधानअनुसार तीन महिनामा एक पटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर, करिब ६ महिनादेखि बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया