आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

परीक्षण नै नगरी २६ जना कोरोना संक्रमित भीम अस्पतालबाट डिस्चार्ज

प्रकाशित
667
SHARES

बुटवल । देशाभार कोरोनाले एक पछि अर्को संकट थप्दै गैरहेका बेला भैरहवास्थित भीम अस्पतालबाट २६ जना कोरोना संक्रमित बिना परिक्षण नै डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २८ मध्ये २६ जनालाई मंगलबार डिस्चार्ज गरिएको हो ।

१४ दिन आइसोलेसनमा बसेका २६ जनामा कोरोनाका लक्षण नदेखिएपछि पीसीआर परीक्षण नगरी डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए । डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला, ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष, मायादेवी गाउँपालिकाका १५ देखि ४५ वर्षका ५ जना पुरुष छन् ।

यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकाका ३३ र ४१ वर्षीया दुई जना महिला, बुद्धभूमि नगरपालिकाका १९ देखि ४७ वर्षका ११ जना पुरुष, शिवराज नगरपालिकाका २४ वर्षीया महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिका २६ वर्षीय पुरुष छन् ।

अब अस्पतालमा एक जना गर्भवतीसहित दुईजना मात्र आइसोलेसनमा रहेका उनले बताए । यसअघि जेठ १९ गते उक्त अस्पतालबाट २५ जना डिस्चार्ज भइसकेको प्रवक्ता गोपाल उपाध्यायले बताए ।

यस्तै बुटवल आसपासका क्षेत्रहरुमा कोरोना संक्रमितको नयाँ संख्या पनि थपिदै गइरहेको छ । उता अर्घाखाँचीका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित ल्याबमा गरिएको परीक्षणमा २७, १८ र १९ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । २७ र १८ वर्षका पुरुषहरु भूमिकास्थान नगरपालिकाका र १९ वर्षीय पुरुष मालारानी गाउँपालिकाका हुन् ।

यस्तै उता गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएकाे हाे । योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै, जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार भइरहेको अर्यालले बताए ।

प्रतिक्रिया