आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

प्रकाशित
1.1K
SHARES

काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा १८ जना र पर्वतमा तीन जनामा कोरोना पुष्टि भएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा १८ देखि ३६ वर्ष उमेर समूहका १४ जना पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षीय दुई जना पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । पूर्वी नवलपरासीकै तर पालिका नखुलेका अर्का एक २७ वर्षका पुरुषमासमेत कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको फलेबास नगरपालिकाका १९ र २१ वर्षका दुई जना पुरुष तथा ४६ वर्षीया एक जना महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या २४७ पुगेको छ ।

नयाँ संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । उनीहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा बस्दै आएको र आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यस्तै उता अर्घाखाँचीका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित ल्याबमा गरिएको परीक्षणमा २७, १८ र १९ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । २७ र १८ वर्षका पुरुषहरु भूमिकास्थान नगरपालिकाका र १९ वर्षीय पुरुष मालारानी गाउँपालिकाका हुन् ।

यस्तै उता गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएकाे हाे । योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै, जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार भइरहेको अर्यालले बताए ।संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया