आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदूरपश्चिममा एक सातामै थपिए २ सय ६५ कोरोना संक्रमित

प्रकाशित
1.3K
SHARES

कैलाली । नेपालमा देशभर जसरी कोरोना संक्रमणको संख्या बढेको छ, त्यहि अनुपातमा सुदूरपश्चिम प्रदेशमा पनि बढ्न थालेको छ । यो प्रदेशमा एक सातामै दुई सय ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधीमा प्रादेशिक प्रयोगशाला धनगढीमा एक हजार तीन सय ४३ जनाको आरटि पीसीआर परीक्षण गरिएकोमा ६५ जना कोराना भाइरस (कोविड–१९) बाट संक्रमित भएको पाइएको हो ।

सेती प्रादेशिक अस्पतालले प्रत्येक २४ घण्टामा जारी गरेको विज्ञप्तीअनुसार गत २८ जेठदेखि २ असारसम्म उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या तीन सय ३६ पुगेको छ । एक साताको अवधीमा सबैभन्दा बढी कैलालीमा ९५ जना संक्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा ६१, डोटीमा ३१, डडेल्धुरामा २७, बैतडीमा २१, बाजुरामा २०, अछाममा ४ र बझाङ्गमा ६ जना थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा जेठ २८ गते दुई सय २० जनाको स्वाब परीक्षण भएकोमा कैलालीमा एक महिला र २० पुरुष गरि २१ जना थपिए । यस्तै कञ्चनपुरमा सात पुरुष, डोटीमा दुई महिला र दुई पुरुष गरी चार जना र डडेल्धुरामा एक पुरुष थपिएका थिए ।

जेठ २९ गते दुई सय १२ जनाको स्वाव परीक्षण भएकोमा बाजुरामा नौ महिला सहित १८ जनामा संक्रमण देखिएको थियो । यस्तै कैलालीमा सात, अछाममा एक र बझाङ्गमा एक गरी नौ जना पुरुषहरुमा पनि कोरोना भाइरसको संक्रण पुष्टि भएको थियो ।

जेठ ३० गते प्रादेशिक प्रयोगशालामा एक सय ५० नमुना परीक्षण भएकामा ३४ जनामा संक्रमण भेटिएको थियो । कैलालीमा एक महिला र २० पुरुष सहित २१ जना र डोटीमा दुई महिला र दुई पुरुष गरी चार जनामा संक्रमण देखिएको थियो । यस्तै कञ्चनपुरमा सात, डडेल्धुरामा एक र बाजुरामा एक गरी नौ जना पुरुषमा पनि सोही दिन संक्रमण देखिएको थियो ।

जेठ ३१ गते दुई सय ७६ जनाको स्वाब परीक्षण गर्दा ६४ जनामा संक्रमण भेटिएको छ । बझाङ्गमा दुई महिलासहित पाँच, डडेल्धुरामा दुई महिलासहित २४ र डोटीमा एक महिलासहित तीन जना संक्रमित सो दिन थपिएका थिए । सोही दिन कैलालीमा एक महिलासहित ११ जना र कञ्चनपुरमा तीन महिलासहित २१ जना संक्रमित थपिएका थिए ।

जेठको अन्तिम दिन ३२ गते प्रादेशिक प्रयोगशालामा दुई सय १२ नमूना परीक्षण भएकोमा कैलालीमा एक महिलासहित १२ जना, कञ्चनपुरमा पुरुष आठ जना, डडेल्धुरामा पुरुष एक जना र बाजुरामा पुरुष एक जना गरी सो दिन २२ जना संक्रमित थपिएका थिए ।

सोमबार एक सय ८४ जनाको स्वाव परीक्षण भएकोमा ६८ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ । सोमवार बैतडीमा एक महिलासहित २१ जना, डोटीमा एक महिलासहित २० जना, कैलालीमा एक महिलासहित १३ जनामा संक्रमण देखिएको हो । यस्तै कञ्चनपुरमा ११ र अछाममा तीन गरी १४ जना पुरुष पनि संक्रमित पाइएका छन् ।

यस्तै मंगलवार १७ जना नयाँ संक्रमित थपिएका छन् । कैलालीमा तीन महिलासहित १० जना र कञ्चनपुरमा सात पुरुषमा संक्रमण देखिएको हो । क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी परिक्षणकै भरमा छोड्नाले प्रदेशको अवस्था झन् डरलाग्दो हुने संकेत देखिएको छ ।

प्रतिक्रिया