आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चिनियाँ सेनाले धुलो चटाएपछि भारतले बोलाउन थाल्यो घर बिदामा रहेका नेपाली गोर्खा सैनिकलाई

प्रकाशित
1.7K
SHARES

काठमाडाैं। लद्दाखमा भारत र चीनबीच तनाव चुलिँदै गएका बेला भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सैनिकहरुलाई भारतले बोलाउन थालेको छ । भारतीय सेनामा कार्यरत रहेर घरबिदामा आएका नेपालीहरु सुनौली नाका हुँदै भारततर्फ जान थालेका छन् । रुपन्देहीको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय सेनामा कार्यरत नेपाली चार-पाँच दिनदेखि भारत गइरहेको बताएका छन्।

भारततर्फ जानेको अभिलेख नराखिने भएकाले संख्या यकिन नभएको बताए । ‘दिनमा १२/१५ जना गइरहेका छन्,’ उनले भने, ‘उनीहरु लकडाउन हुनुपूर्व बिदामा घर आएका भारतीय सैनिक हुन् । बिदा सकिएपछि र लकडाउन केही खुकुलो भएपछि उनीहरु फर्किएको हुनुपर्छ।’ लकडाउनका कारण भारतमा पनि यातायातका साधन सञ्चालन नभएकाले घर आएका भारतीय सैनिक फर्कन पाएका थिएनन् । भारत र चीनबीच तनाव बढेका बेला उनीहरूलाई बोलाएको अनुमान गरिएको छ ।

भारततर्फ जाने ती सैनिकले सुनौलीबाट गन्तव्य स्थलसम्मको यातायातको साधनको प्रबन्ध आफैले गर्ने गरेका छन् । भारत सरकारले केही दिनदेखि सुनौलीबाट विभिन्न स्थानका लागि रोडवेजका बस सञ्चालनमा ल्याएको छ । सुनौलीदेखि करिब १ सय किमि अगाडि गोरखपुरबाट रेल सेवा सञ्चालन गरेको छ । भारतीय सेनामा कार्यरत नेपालीलाई छाड्न र लिन पहिला सुनौली नाकासम्म भारत गोरखपुरको कुडाघाटस्थित गोर्खा रेजिमेन्टको बस आउने जाने गर्थ्यो । अहिले त्यो सेवा उपलब्ध छैन ।

सुनौली नाकामा तैनाथ भारतीय सुरक्षाकर्मीले उता लकडाउन खुकुलो र यातायातका साधन सञ्चालन भएपछि सेना, प्रहरी र भारतीय अन्य सरकारी सस्थामा कार्यरत कर्मचारी सबैलाई परिचयपत्रका आधारमा प्रवेशको अनुमति दिने गरेका छन् ।

प्रतिक्रिया