आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमितको संख्या बढेपछि लकडाउन झन कडा हुदै

प्रकाशित
1.7K
SHARES

काठमाडौं । कोरोना संक्रमित बढेपछि ४ जिल्लामा लकडाउन कडा पारिएको छ । लकडाउन खुकुलो बनाएको सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’ जिल्ला घोषित गर्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने निणर्य गरेको हो ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निणर्य नभएसम्मका लागि सुचारु नहुने भएको छ । कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निणर्य लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।

उच्च जोखिममा रहेका जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । उच्च जोखिममा रहेका ४ बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् ।

यसअघि जारी भएका सवारी पास दुरुपयोग हुनसक्ने भएर सोमबार नै गृहले जिल्लाभित्र आवागमनका सबै पास खारेज गर्नुका साथै एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गरिएको छ । नेपालमा मंगलबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार ५९१ पुगेको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापामा गरिएको परीक्षणमा एकजना पुरुष, पाँचथरका एक जना महिला र एकजना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जना महिला सहित २ जना, सुनसरीका दुई जना पुरुष र सिरहाका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका ५ जना महिला र ३३ जना पुरुष, महोत्तरीका एकजना महिला र १६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा एकजना पुरुष, पर्साका दुईजना पुरुषमा संक्रमण पुष्टि भएको छ ‌। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका एक जना महिला र ९ जना पुरुष, नवलपरासी पूर्वका दुई जना पुरुष, बागलुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका तीन जना पुरुष र स्याङ्जाका चार जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डाक्टर गौतमका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एकजना, बैतडीकी एकजना महिला र २० पुरुष, डोटीका एकजना महिला १९ पुरुष, कञ्चनपुरका ११ जना पुरुष, कैलालीका चारजना महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजना पुरुष र बर्दियाका ९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशाला मा गरिएको परीक्षणमा सप्तरीका ३ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना महिला र दुइजना पुरुष र रुपन्देहीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँचजना पुरुष, सुर्खेतका एकजना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका२१ जना पुरुष र रामेछापका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा सल्यानका एकजना पुरुष, दाङका १० जना महिला र ४६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ६जना पुरुष, काठमाडौंकी एक महिला, महोत्तरीका एक महिला र ७१ जना पुरुष, मोरङका एकजना पुरुष, रौतहटका १४ जना पुरुष, रोल्पाका एकजना पुरुष, रुपन्देहीका ३ जना पुरुष र सर्लाहीको १६जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । जसमध्ये हालसम्म १ हजार १५८ जना सफल उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया