आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुर्खेतबाट आयो दुखद खबर: क्‍वारेन्टाइनमै थप एक जनाको मृत्यु, के आयो रिपोर्ट ?

प्रकाशित
1.6K
SHARES

वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिकाको क्‍वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७ स्थित प्राथमिक विद्यालय श्रीवानीमा बसेका गुर्भाकोट–८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको नगरपालिकाका सूचना अधिकारी महेशकुमार पुरीले जानकारी दिए ।

बिहान एक्कासी छाती दुखेको भनी खबर गरेपछि स्वास्थ्यकर्मीको टोली पुगेर जाँच गरी औषधी दिएर फर्किएको करिब डेढ घन्टापछि मृत्यु भएको उनले बताए । ‘नगरपालिकामा आएर स्वास्थ्यकर्मीको टोलीले जानकारी गराए,’ उनले भने, ‘नगरप्रमुख लगायतको टोली त्यहाँ पुग्दा मृत्यु भइसकेको थियो ।’ सूचना अधिकारी पुरीका अनुसार उनको स्वाब संकलन गरी प्रदेश अस्पतालस्थित प्रयोगशालामा पठाइएको छ । ती पुरुषको पीसीआर परीक्षणको रिपोर्ट सोमबार रातिसम्ममा आउने उनले बताए ।

भारतबाट आएर जेठ २० गतेदेखि क्‍वारेन्टाइनमा बसेका ती पुरुष पहिलेदेखि नै क्षयरोगबाट ग्रसित थिए । भारतमा काम गर्ने क्रममा घाइते समेत भएका उनको टाउकोमा १६ वटा टाँका लगाएको सूचना अधिकारी पुरीले जनाए ।

यसैबीच गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २२३ पुगेको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन् । गोरखामा संक्रमण देखिएका १० जनामध्ये गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र ३१ वर्षीया एक महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पूर्वी नवलपरासीको विनयत्रिबेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको शर्माले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । मंगलबार संक्रमण पुष्टि भएका १८ जना सबै भारतबाट फर्किएको जनाइएको छ । उनीहरू सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया