आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भक्तपुरमा डरलाग्दो दुर्घटना, दुई जनाको मृत्यु

प्रकाशित
1.1K
SHARES

भक्तपुर । काठमाडौँ उपत्याकाको भक्तपुरस्थित मध्यपुरथिमिको बोडे र कमलविनायकमा फरक फरक समयमा भएका दुईवटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका- १० कमलविनायक भत्केकोपाटीमा बा ९५ प १४५५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार गएराति भएको दुर्घटनामा गम्भीर घाइते कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजुको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिका-९ बोडेमा बा ५ ख ४३११ नं. को पानीको ट्याङ्करले बा ९२ प ७०७७ नं को स्कुटीलाई ठक्कर दिएर दुर्घटना हुँदा स्कुटी पछाडि सवार काठमाडौँ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी कार्कीको नेपाल कोरियामैत्री अस्पताल ठिमीमा उपचार हुन नसकेपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिएका छन्।

प्रहरीले ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री र दुई सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको उनले जानकारी दिएका छन्।

यस्तै उता डोटीको बडीकेदार गाउँपालिका-३, सुनालेकमा मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. ३ घाङलमा खाद्य सामग्री पुर्‍याएर फर्किँदै गरेको से१ख १२६२ नं. को मिनिट्रक दुर्घटना हुँदा सोही गाउँपालिकाका ४० वर्षीय डबल पुनमगर र उनका १४ वर्षीय छोरा धिरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । ट्रक चालक श्यामलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक लालबहादुर बोहरा नेतृत्वको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।

प्रतिक्रिया