आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बेइजिङमा के भयो त्यस्तो ? जसकारण एकाएक फेरी बढ्यो संक्रमितको संख्या

प्रकाशित
431
SHARES

बेइजिङ । चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये राजधानी बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि ५० दिनभन्दा लामो समयसम्म यो सहरमा कुनै पनि संक्रमित फेला परेका थिएनन् । बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित सहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ ।

सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेको ग्लोबल टाइम्सले बताएको छ । त्यस्तै, लियाओनिङ, हपेई र सिचुवान प्रान्तमा पनि बेइजिङबाट फर्किएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चिनियाँ उपप्रधानमन्त्री सुन चुनलाङले मुलुकमा कोरोना भाइरस नियन्त्रणको लागि निर्णायक कदम चालिने बताएकी छिन्। साथै उनले आगामी दिनमा चीनमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनी पनि दिएकी छिन् ।

यसअघि बिहीबार बेइजिङमा एक संक्रमित फेला परेका थिए भने त्यसको भोलिपल्ट ६ संक्रमित फेला परेका थिए । नयाँ संक्रमित भेटिएसँगै सिज्फाडी मार्केट र त्यसको आसपासका ११ क्षेत्रमा लकडाउन घोषणा गरिएको थियो । सोमबार थप १० क्षेत्रमा लकडाउनको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै, यो बजारका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेका हुन् । बीबीसी

यता नेपालमा सोमबार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार २११ पुगेको जानकारी दिएका हुन् । जसमध्ये ४७१ महिला र ५७४० पुरुष रहेका छन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ४१६ जना पुरुष र ३५ जना महिला रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एक जना महिला, नारायणी अस्पताल प्रयोगशाला बिरगञ्जमा पर्साको एकजना महिला र ९ जना पुरुष, रौतहटको एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको अछामका ३ जना पुरुष, कैलालीका एकजना महिला र एकजना पुरुष, डोटी का एकजना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका पाँच जना पुरुष, बर्दियाका दुईजना महिला र १४ जना पुरुष र प्यूठानका दुईजना महिला र एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । ‌

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका एक जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० जना पुरुष र धनुषाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ‌।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नुवाकोटका दुइजना महिला र एकजना पुरुष, अर्घाखाँचीका तीनजना पुरुष र चितवनको एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका दुई जना र रुपन्देहीका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा. गौतमका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीको एक महिला दुई पुरुष, मोरङका दुई महिला १९ पुरुष र झापाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका तीनजना महिला र ८५ जना पुरुष र एकजना महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रोल्पाका ४ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरेको परीक्षणमा सातजना महिला र ३६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एकजना, कृषि जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका दुईजना महिला र २३ जना पुरुष मा संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका ९ जना पुरुष र काठमाडौंका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरको एकजना महिला र काठमाडौंका दुई जना महिलामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एकजना पुरुष, गुल्मीका ७ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, महोत्तरीका १० जना पुरुष, पाल्पाका १०जना पुरुष, रौतहटका दुईजना महिला र ७४ जना पुरुष, रुपन्देहीका दुईजना महिला र ५ जनापुरुष, सर्लाहीका २३ जना पुरुष र सिराहाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १०१४ पुगेको छ । जसमध्ये १०४ जना महिला र ९३७ पुरुष रहेका छन् ।

एक जना कोरोना संक्रमितको उपचारको बिल झण्डै १४ करोड !
अमेरिकी अस्पतालमा कोभिड-१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोभिड-१९को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।

समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए ।

तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । समाचार अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो । यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ) को थियो ।

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो ।

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ । मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् ।

सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् । उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । रासस

प्रतिक्रिया