आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आरडीटी गरेर घर पठाइएकामा कोरोना पुष्टि भएपछि नगर प्रमुखले गरे यस्तो घोषणा

प्रकाशित
684
SHARES

काठमाडौं । आरडीटी गरेर घर पठाइएका धादिङका थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारमात्रै धादिङको नीलकण्ठ नगरपालिकाको क्वारेन्टिनबाट आरडीटी गरेर पठाइएका २४ जनामा संक्रमण पुष्टि भएको थियो । नगरपालिकाकाका अनुसार कुल ७५ जनामध्ये २४ जनाको पोजेटिभ आएको थियो भने ८१ वटा स्वाबको नतिजा आउन बाँकी थियो । त्यसमध्ये सोमबार थप नौ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

यसरी आरडीटी परिक्षणले धोका दिएपछि स्थानिय निकायले परिक्षण नै रोक्ने घोषणा गरेको छ । नगरपालिकाका प्रमुख भीम ढुंगानाले आरडीटी गराएर घर पठाएकाहरूको नै रिपोर्ट पाजेटिभ आएको जानकारी दिए । ‘पहिले पीसीआर किट नपाउँदा हामीले आरडीटी गरेर घर पठाएका थियौं,’ उनले भने, ‘अब हामीले आरडीटीलाई घोषित रुपमा नै नगरपालिकामा बन्द गराएका छौं।’

ढुंगानाका अनुसार वडा नम्बर १४ का एक जना, वडा नम्बर २ का दुई जना, वडा नम्बर ५ का तीन जना, वडा नम्बर ७ का दुई जना र वडा नम्बर १० का एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित भेटिएका गाउँलाई नै सिल गर्न सुरु गरिसकिएको नगरप्रमुख ढुंगानाले जानकारी दिए । देशभर आरडीटी प्परिक्षण रोकेर पिसिआर परिक्षण गर्न माग गर्दी अहिले आन्दोलन समेत हुन थालेको छ ।

देशको प्रमुख प्रशासनिक केन्द्र बालुवाटार, सिंहदरबार, माइतीघरलगायतका स्थानहरुमा आरडीटी परिक्षण रोकेर पिसिआर गर्न माग गर्दै आन्दोलन हुन् थालेका छन् । आरडीटी परिक्षणप्रति आम नागरिकको बिश्वास गुमेको छ ।

प्रतिक्रिया