आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णाली प्रदेशमा एकै दिन थपिए यति धेरै कोरना संक्रमतित, नेपालभर कहाँ कति ?

प्रकाशित
1.5K
SHARES

काठमाडौं । कर्णाली प्रदेशमा आज थप १ सय १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमागरि सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पताल-पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको गरिएको परक्षिणमा ३ जना कोरोना संक्रमित फेला परेका हुन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत जिल्लाका १९ र दैलेख जिल्लाका ९१ जना नयाँ संक्रमित रहेका छन् ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १०७७ पुगेको छ । सोमबार मात्र कालिकोट अस्पतालमा २५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रदेश अस्पताल २३ र लेकबेसी आइसोलेसन कक्षबाट ९ जना निको भई डिस्चार्ज भएका छन् । कर्णालीमा संक्रमणपछि निको हुनेको संख्या १ सय ५१ पुगेको छ । कोरोनाका कारण कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

यस्तै बितेको २४ घण्टामा नेपालभर ४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६ हजार २ सय ११ पुगेको छ । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षण ५ जना, सेती अस्पतालमा भएको परीक्षणमा ९ जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५ जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै रुपेन्देहीमा ७ जना, विराटनगरमा २५ जना, सुर्खेतमा भएको परीक्षणमा १ सय ७ जना, धुलिखेल अस्पतालमा ५ जना, राप्ती स्वास्थ्इ विज्ञान प्रतिष्ठन दाङमा ४३ जना, शिक्षण अस्पतालमा १ जना, हेटौँडामा २५ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् । आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् ।

देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन् । आइतबार ६७ गरी अहिलेसम्म १ हजार जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् । सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ ।

प्रतिक्रिया