आज : गते

ताजा शिर्षकहरु

चीनमा फेरी बज्यो खतराको घन्टी, एकैदिन थपिए यति धेरै कोरोना संक्रमित, के हो कारण ?

प्रकाशित
4.8K
SHARES

बेइजिङ । चीनमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये राजधानी बेइजिङमा मात्रै ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि ५० दिनभन्दा लामो समयसम्म यो सहरमा कुनै पनि संक्रमित फेला परेका थिएनन् । बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित सहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ ।

सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेको ग्लोबल टाइम्सले बताएको छ । त्यस्तै, लियाओनिङ, हपेई र सिचुवान प्रान्तमा पनि बेइजिङबाट फर्किएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चिनियाँ उपप्रधानमन्त्री सुन चुनलाङले मुलुकमा कोरोना भाइरस नियन्त्रणको लागि निर्णायक कदम चालिने बताएकी छिन्। साथै उनले आगामी दिनमा चीनमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनी पनि दिएकी छिन् ।

यसअघि बिहीबार बेइजिङमा एक संक्रमित फेला परेका थिए भने त्यसको भोलिपल्ट ६ संक्रमित फेला परेका थिए । नयाँ संक्रमित भेटिएसँगै सिज्फाडी मार्केट र त्यसको आसपासका ११ क्षेत्रमा लकडाउन घोषणा गरिएको थियो । सोमबार थप १० क्षेत्रमा लकडाउनको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै, यो बजारका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेका हुन् । बीबीसी

एक जना कोरोना संक्रमितको उपचारको बिल झण्डै १४ करोड !
अमेरिकी अस्पतालमा कोभिड-१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौँ । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोभिड-१९को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।

समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोभिड-१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए ।

तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । समाचार अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो । यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ) को थियो ।

बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो ।

तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ । मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् ।

सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् । उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । रासस

प्रतिक्रिया