आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

प्रकाशित
615
SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ । निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया