आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिहानै दुखद खबर: कुश्मामा पहिरो जाँदा ५ जनाको मृत्यु, थप चार जना बेपत्ता

प्रकाशित
1.2K
SHARES

काठमाडौं । एकाबिहानै दुखद खबर आएको छ । शनिबार रति भएको भारी बर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति पहिरो गएको छ । पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । राति नै ३ जनाको शव भेटिएको थियो भने आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतले थप दुई जनाको शव भेटिएको पुष्टि गर्दै मृत्यु हुनेको संख्या ५ पुगेको जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक रहेका छन्।

पहिरोमा परि थप ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले सञ्चार केन्द्रलाई बताएका छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक छन् ।

बेपत्ताकाे खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको २५ नम्बर चण्डिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शुसान्त थापाको टोली घटनास्थलमा छ ।

प्रतिक्रिया