आज : गते

ताजा शिर्षकहरु

महाकाली सन्धिमा राष्ट्रघात किन गरिएको ? कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्छ- उपेन्द्र यादव

प्रकाशित
839
SHARES

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका छन् । यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्ने उनले बताए ।

लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले सुगौली सन्धि आफैंमा अपमानजनक भएको बताए । तर काली महाकाली नदीलाई सीमा नदी मानेको र पश्चिमको भागमा नेपालले आफ्नो दाबी छोड्ने प्रष्ट देखिएको बताए ।

तर महाकाली सन्धिको प्रस्तावनामा नै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने लेखिएको उनले बताए । माहाकाली सन्धि गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समेत रहेका भन्दै उनले भने, जवाफ दिनुपर्‍यो सुगौली सन्धिभन्दा राष्ट्रिय हितमा पछाडि किन हटेको ?’

कांग्रेस र कम्युनिस्ट नेताहरुलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेसीहरुलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैं गर्छौं भनेर जनतासँग माफी माग्न आग्रह गरे । समाजवादी पार्टीका अध्यक्ष यादवले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको समेत बताए ।

यस्तै जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झु’ण्ड्या’उनुपर्ने पनि प्रष्ट पारे । संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कु’ण्ठा हटाउन सबैलाई आग्रह गरे । उनले मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे ।

अहिले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितलाई समेटेर जारी भएको नक्सालाई संविधानमा समेट्न संशोधन प्रस्ताव ल्याइएको जिकिर गर्दै उनले भने, ‘५८ वर्ष अघि यो भूमि नेपालमै थियो, हाम्रै नक्सामा थियो, यो भूमि कसले बेच्यो ?’ उनले देश बेचुवा को हो भन्ने पहिचान गर्नुपर्ने माग पनि गरे । उनले सरकारलाई यसबारे श्वेतपत्र ल्याउन पनि माग गरे । देश बेचुवालाई टुंडिखेलमा झुण्डाउन पनि उनले माग गरे ।

महाकाली सन्धिको बेलामा महाकालीको मुहान पत्ता किन लगाइएन ?’ उनले प्रश्न गरे, ‘यो राष्ट्रघाती को हो ? यसको पर्दाफास गर्नुपर्छ ।’ महाकाली सन्धिको बेलामै महाकाली नदीको मुहान कहाँ हो भनेर टुंगो लगाएको भए आज यो अवस्था नआउने उनको भनाइ थियो

प्रतिक्रिया