आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाको भ्याक्सिन बनाउन चीन सफलता नजिक, यो देशमा गरिदैछ निर्णायक परीक्षण

प्रकाशित
1.1K
SHARES

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा चीन सफलता नजिक पुगेको छ । चीनको बायोटेक कम्पनी सिनोभ्याकले तयार पारेको भ्याक्सिनको निर्णायक परीक्षण ब्राजिलमा हुने भएको छ । उक्त परीक्षण सफल भए भ्याक्सिनमा चीनले सफलता पाउनेछ ।

चीनको सिनोभ्याक कम्पनीले यसअघि चीनमै आफ्नो भ्याक्सिनको परीक्षण गरिसकेको छ । अन्तिम र निर्णायक परीक्षणको लागि उसलाई ठूलो संख्यामा संक्रमित बिरामीहरुको आवश्यकता परेपछि यसको परीक्षण ब्राजिलमा गर्न लागिएको हो ।

समाचार एजेन्सी एपीका अनुसार ब्राजिलको साओ पाउलो सरकारले त्यहाँका ९ हजार जनामा परीक्षणको लागि सिनोभ्याक बायोटेकले पर्याप्त मात्रामा प्रायोगिक भ्याक्सिन पठाउने घोषणा गरेको छ । परीक्षण अर्को महिना सुरु गरिनेछ । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले पनि आफ्नो भ्याक्सिनको निर्णायक ट्रायल जुलाइमै गर्ने घोषणा गरिसकेको छ ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोनाभाइरस कोभिड-१९ बाट पछिल्लो समय महिला, बालबालिका र युवाहरुमा पनि जोखिम उच्च भएको ठहर गरेको छ । विकासशील र अल्पविकसित मुलुकहरूमा कोभिड-१९ बाट कम उमेरका युवा, महिला र बालबालिकाहरु बढी प्रताडित देखिएको भन्दै डब्ल्युएचओले सचेत हुन आग्रह गरेको छ ।

कोरोना संक्रमण भएर मृत्यु भएकामध्ये झण्डै २५ प्रतिशत ५० वर्षभन्दा कमका र ६० वर्षभन्दा माथिको उमेर समूहका संक्रमित मध्ये ४५ प्रतिशतको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्दै डब्ल्युएचओले युवाहरूलाई सचेत रहन आग्रह गरेको हो । यसअघि ५० बर्ष भन्दा माथिका उमेर समूहमा बढी सक्रिय देखिएको भाइरसबाट संक्रमित र मृत्यु हुनेमा धेरै ७० बर्ष उमेर माथिका थिए ।

डब्ल्युएचओका प्रमुख डा. थेडरोस एडहानोम गेब्रियससले महामारीबाट मृत्युवरण गरेको संख्याले भन्दा त्यसपछिको अवस्थाले यी समूहमा अझ ठूलो समस्या र संकट ल्याउनेतर्फ सचेत रहनुपर्ने बताए । स्वास्थ्य संकटको घडीमा पर्याप्त सुविधा पुर्‍याउन नसक्दा विशेषगरी गर्भवती, सुत्केरी र नवजात शिशु झनै जोखिममा रहेको प्रमुख गेब्रियससले बताए ।

जेनेभामा भएको कार्यक्रममा संगठनका आकस्मिक स्वास्थ्य विभाग प्रमुख डाक्टर माइकल रायनले लकडाउन खुकुलो बनाउने नाममा धेरै देशहरुमा भौतिक दूरीलाई वेवास्ता गरिएका कारण निर्मूल भइसकेका देशमा समेत पुनः संक्रमण देखिएको बताएका छन् ।

प्रतिक्रिया