आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

थप ४४८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५ हजार नाघ्यो

प्रकाशित
1.1K
SHARES

काठमाडौं । नेपालमा पछिल्लो ३४ घण्टामा थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ।

यस्तै कोरोना भाइरस कोभिड १९ को महामारीले अहिले विश्व नै आक्रान्त भएको छ । अहिले सम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ। भने विश्व स्वास्थ्य संगठनले एकजना मात्र पनि बिरामी रहुन्जेल कोही पनि कोरोना मुक्त भएको भ्रममा नपर्न चेतावनी दिईरहेको छ । तर पनि ९ देशहरुले कोरोनालाई परास्त गरे आफुलाई कोरोना मुक्त घोषणा गरिसकेका छन ।

कोरोनालाई जितेर न्युजिल्याण्डले यसरी रच्यो ईतिहास- आफ्नो अन्तरास्ट्रीय सिमा ३ महिना सम्म बन्द गरेको न्युजिल्याण्डले सोमबार कोरोनालाई परास्त गरेको घोषणा गरेको छ ।

सोमबार कोरोनाको अन्तिम बिरामी ठीक भएको घोषणा गरेको न्युजिल्याण्डमा अब कोरोना प्रभाबित मनिसको सन्ख्या जिरो भएको छ । बिगत सत्र दिनदेखी एकजनापनी नयाँ सन्क्रमित देखापरेको छैन । १५०४ जनाको कोरोना देखिएको यो देशमा २२ जनाको कोरोनाका कारण मृत्‍यु भएको थियो । यसरी पूर्ण रुपमा कोरोना अन्त्य गर्ने पहिलो देश न्युजिल्याड बन्न पुगेको छ भने मनिसहरु यती बेला खुशी साटसाट गरिरहेका छन ।

तान्जिनियाका राष्ट्रपति जोन मगुफुलीले उनको देश कोरोना मुक्त भएको बताएका छन । अफ्रिकी मुलुक तान्जिनियाका राष्ट्रपतिले आफ्नो देशमा दैबी शक्ती भएको र आफुहरुले प्रार्थना गरेर कोरोना हटाएको रोचक बयान दिएका छन । तान्जिनियामा छ हप्ता सम्म पनि कोरोना संक्रमित सन्ख्या ५०९ भन्दा बढेन । भेटिकन सिटीमा कोरोनाका १२ संक्रमित भएकोमा सबै ठिक भएको जनाइेको छ ।

फिजिमा जम्मा १८ जनामा कोरोना देखिएको र ति सबैलाई ठीक भाईसकेको फिजी सरकारले जनाएको छ । युरोपको यो देशमा ३२४ जनालाई सन्क्रमण भएको थियो र नौ जनाले ज्यान गुमाएका थिए । अहिले यो देशले पनि आफुलाई कोरोना मुक्त घोषणा गरेको छ त्यसैगरी पपुवा न्यु गिनी , टिमोर , सेन्ट किट्स एण्ड नेभिस र सेशेल्सले पनि आफुलाई कोरोना मुक्त भएको बताएका छन

प्रतिक्रिया