आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनमा फेरि कोरोना भाइरसको नयाँ केस

प्रकाशित
1K
SHARES

काठमाडाैं । चीनको राजधानी बेइजिङमा कोरोनाभाइरसका नयाँ केस फेला परेको छ । ५२ वर्षीय मानिसमा देखापरेको उक्त केसलाई स्थानीय संक्रमण मानिएको छ । उक्त व्यक्ति विगत दुई हप्तादेखि बेइजिङबाट बाहिर गएका तथा बाहिरबाट आएका कोही व्यक्तिसँग सम्पर्कमा आएका पनि थिएनन् ।

त्यसै गरी हिजो नै चीनमा विदेशबाट आएकाहरुमध्ये ६ जनामा संक्रमणका नयाँ केसहरु फेला परेका थिए । कोभिड–१९ विरुद्ध खोप बनाउने कोशिशमा जुटेका अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले यही जुन महिनामा आफ्नो खोपको तेस्रो चरणको परीक्षण गर्ने जनाएको छ । यस चरणमा ३० हजार मानिसहरुमा खोपको परीक्षण गरिने छ ।

एउटा अध्ययन रिपोर्टले दैनिक १.९० डलरभन्दा कम आम्दानी हुनेहरु कोरोनाभाइरसको संक्रमणले बढी पिरोलिने देखिएको छ । सो रिपोर्टका अनुसार, संसारभरिमा १ अरब मानिसहरुमा कोरोनाको संक्रमण फैलिन सक्ने छ ।

लकडाउन खुकुलो पारे पनि दक्षिण कोरियाले भौतिक दूरीसम्बन्धी आफ्नो नीतिलाई झनै कडा पारेको छ । उसले कोरोनाको संक्रमण एक नम्बरवाला अंकमा नझरेसम्म भौतिक दूरीसम्बन्धी कडाइलाई झनै कडाइका साथ लागू गर्ने जनाएको छ ।

त्यसअनुसार दक्षिण कोरयाका स्वास्थ्यमन्त्री पार्क नेउङ–हुले सियोलका वासिन्दाहरुलाई सकेसम्म घरभित्रै बस्न र बिनाकाम बाहिर ननिस्कन आव्हान गरेका छन् । हिजो बिहीबार मात्रै कोरियामा संक्रमणका २६ नयाँ केसहरु फेला परेका थिए । कोरियामा लकडाउन खुकुलो पारिएपछि नाइटक्लब, धार्मिक स्थलहरु, संग्रहालय, पार्कहरु अझै बन्द नै राखिएका छन् ।

माल्दिभ्सले पनि २ महिना लामो लकडाउन खकुलो पार्ने जनाएको छ । त्यहाँ घरेलु उडानहरु खुल्नेछ । रेष्टुरा तथा क्याफेहरु त्यहाँ बसेर खान नपाउने, घरमा लान पाउने गरी खुल्ने छन् । त्यसैगरी, माल्दिभ्सले एकअर्काकोमा पाहुना लाग्ने गरी पारिवारिक भ्रमणमा पनि रोक लगाएको छ

त्यस्तै साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीले अहिले विश्व नै आक्रान्त भएको छ । अहिले सम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ। भने विश्व स्वास्थ्य संगठनले एकजना मात्र पनि बिरामी रहुन्जेल कोही पनि कोरोना मुक्त भएको भ्रममा नपर्न चेतावनी दिईरहेको छ । तर पनि ९ देशहरुले कोरोनालाई परास्त गरे आफुलाई कोरोना मुक्त घोषणा गरिसकेका छन ।

कोरोनालाई जितेर न्युजिल्याण्डले यसरी रच्यो ईतिहास- आफ्नो अन्तरास्ट्रीय सिमा ३ महिना सम्म बन्द गरेको न्युजिल्याण्डले सोमबार कोरोनालाई परास्त गरेको घोषणा गरेको छ ।

सोमबार कोरोनाको अन्तिम बिरामी ठीक भएको घोषणा गरेको न्युजिल्याण्डमा अब कोरोना प्रभाबित मनिसको सन्ख्या जिरो भएको छ । बिगत सत्र दिनदेखी एकजनापनी नयाँ सन्क्रमित देखापरेको छैन । १५०४ जनाको कोरोना देखिएको यो देशमा २२ जनाको कोरोनाका कारण मृत्‍यु भएको थियो । यसरी पूर्ण रुपमा कोरोना अन्त्य गर्ने पहिलो देश न्युजिल्याड बन्न पुगेको छ भने मनिसहरु यती बेला खुशी साटसाट गरिरहेका छन ।

तान्जिनियाका राष्ट्रपति जोन मगुफुलीले उनको देश कोरोना मुक्त भएको बताएका छन । अफ्रिकी मुलुक तान्जिनियाका राष्ट्रपतिले आफ्नो देशमा दैबी शक्ती भएको र आफुहरुले प्रार्थना गरेर कोरोना हटाएको रोचक बयान दिएका छन । तान्जिनियामा छ हप्ता सम्म पनि कोरोना संक्रमित सन्ख्या ५०९ भन्दा बढेन । भेटिकन सिटीमा कोरोनाका १२ संक्रमित भएकोमा सबै ठिक भएको जनाइेको छ ।

फिजिमा जम्मा १८ जनामा कोरोना देखिएको र ति सबैलाई ठीक भाईसकेको फिजी सरकारले जनाएको छ । युरोपको यो देशमा ३२४ जनालाई सन्क्रमण भएको थियो र नौ जनाले ज्यान गुमाएका थिए । अहिले यो देशले पनि आफुलाई कोरोना मुक्त घोषणा गरेको छ त्यसैगरी पपुवा न्यु गिनी , टिमोर , सेन्ट किट्स एण्ड नेभिस र सेशेल्सले पनि आफुलाई कोरोना मुक्त भएको बताएका छन ।

यस्तै बेलायतलाई उछिन्दै भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ। वर्ल्डमिटरको बिहीबारको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या २ लाख ९५ हजार ७ सय ७२ पुगेको छ।

बेलायतमा भने यो संख्या २ लाख ९१ हजार ५ सय ८८ रहेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार भारत मात्र १८ दिनमा विश्वको चौथो धेरै कोरोना संक्रमित भएको मुलुक बनेको हो।

सूचिको पहिलो तीन स्थानमा क्रमशः अमेरिका, ब्राजिल र रसिया रहेको छ। शुक्रबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण हालसम्म त्यहाँ ८ हजार ४ सय ९८ ज्यान गइसकेको छ। यसैगरी मन्त्रालयले त्यहाँ संक्रमित संख्या २ लाख ९७ हजार ५ सय ३८ पुगेको छ।

मे २४ मा भारत विश्वको सर्वाधिक कोरोना प्रभावित १० औं मुलुकको बनेको थियो। त्यसयता भारतमा संक्रमित संख्या निरन्तर बढिरहेको छ। जुन २ यता भारतमा दैनिक १० हजारको करिब संक्रमित फेला परिरहेका छन्।भारतमा चार महिना अगाडि जनवरी ३० मा पहिलो कोरोना संक्रमित फेला परेका थिए।

प्रतिक्रिया