आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन कोरोनालाई जित्ने विश्वका ९ देश, जहाँ छैन अब कोरोनाको एउटा पनि बिरामी

प्रकाशित
740
SHARES

चीनको वुहानबाट करिब साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीले अहिले विश्व नै आक्रान्त भएको छ । अहिले सम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ। भने विश्व स्वास्थ्य संगठनले एकजना मात्र पनि बिरामी रहुन्जेल कोही पनि कोरोना मुक्त भएको भ्रममा नपर्न चेतावनी दिईरहेको छ । तर पनि ९ देशहरुले कोरोनालाई परास्त गरे आफुलाई कोरोना मुक्त घोषणा गरिसकेका छन ।

कोरोनालाई जितेर न्युजिल्याण्डले यसरी रच्यो ईतिहास- आफ्नो अन्तरास्ट्रीय सिमा ३ महिना सम्म बन्द गरेको न्युजिल्याण्डले सोमबार कोरोनालाई परास्त गरेको घोषणा गरेको छ ।

सोमबार कोरोनाको अन्तिम बिरामी ठीक भएको घोषणा गरेको न्युजिल्याण्डमा अब कोरोना प्रभाबित मनिसको सन्ख्या जिरो भएको छ । बिगत सत्र दिनदेखी एकजनापनी नयाँ सन्क्रमित देखापरेको छैन । १५०४ जनाको कोरोना देखिएको यो देशमा २२ जनाको कोरोनाका कारण मृत्‍यु भएको थियो । यसरी पूर्ण रुपमा कोरोना अन्त्य गर्ने पहिलो देश न्युजिल्याड बन्न पुगेको छ भने मनिसहरु यती बेला खुशी साटसाट गरिरहेका छन ।

तान्जिनियाका राष्ट्रपति जोन मगुफुलीले उनको देश कोरोना मुक्त भएको बताएका छन । अफ्रिकी मुलुक तान्जिनियाका राष्ट्रपतिले आफ्नो देशमा दैबी शक्ती भएको र आफुहरुले प्रार्थना गरेर कोरोना हटाएको रोचक बयान दिएका छन । तान्जिनियामा छ हप्ता सम्म पनि कोरोना संक्रमित सन्ख्या ५०९ भन्दा बढेन । भेटिकन सिटीमा कोरोनाका १२ संक्रमित भएकोमा सबै ठिक भएको जनाइेको छ ।

फिजिमा जम्मा १८ जनामा कोरोना देखिएको र ति सबैलाई ठीक भाईसकेको फिजी सरकारले जनाएको छ । युरोपको यो देशमा ३२४ जनालाई सन्क्रमण भएको थियो र नौ जनाले ज्यान गुमाएका थिए । अहिले यो देशले पनि आफुलाई कोरोना मुक्त घोषणा गरेको छ त्यसैगरी पपुवा न्यु गिनी , टिमोर , सेन्ट किट्स एण्ड नेभिस र सेशेल्सले पनि आफुलाई कोरोना मुक्त भएको बताएका छन ।

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८२ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७५ लाख ८३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ३७७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ८३ हजार ५२१ पुगेको छ । ३३ लाख २७ हजार २७३ जनाको उपचार भइरहेकोमा ५३ हजार ८७६ जनाको अवस्था गम्भीर छ । ३८ लाख ३३ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ । २१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५६ हजार ३७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २६९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ८६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६६५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८९६ जना संक्रमित भएकोमा ८ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया