आज : गते

ताजा शिर्षकहरु

काठमाडौँको सैनिक अस्पतालमा मध्यराति घट्यो यस्तो घटना, एक जनाको मृ’त्यु

प्रकाशित
437
SHARES

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृ’त भेटिएका छन् । अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृ’त अवस्थामा फेला परेका हुन् । उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले भने, ‘मध्यरातिको घटना हो, एसएलआरबाट आफैंले गो’ली चलाए जस्तो देखिएको छ ।’ उनले आ’त्म’ह’त्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ । हाल उनको श’वलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको भट्टले बताए ।

यस्तै अर्घाखाँचीको क्वारेन्टिनमा विरामी परी मृत्यु भएका एक पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। जिल्लाको मालारानी गाउँपालिका-४ निवासी ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए।

उनका अनुसार पुरुषको बुटवलबाट उपचार गरेर फर्कने क्रममा हिजो बिहान ११ बजेतिर बाटोमै मृत्यु भएको थियो। मृत्युपश्चात उनको शव मालारानीस्थित घर ल्याइएको थियो।

कोरोनाको रिपोर्ट आएपछि मृतकको आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ। मृतक पुरुष गत जेठ १५ गते भारतबाट आएका थिए। आउनसाथ उनलाई गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो। तर मंगलबार उनकाे श्वासप्रश्वासमा समस्या देखिएपछि प्राथमिक उपचारको लागि अर्घाखाँची अस्पताल पुर्याइएको थियो।

अस्पतालले सोही राति उनलाई बुटवल रेफर गरेको थियो। थापाका अनुसार बुटवलबाट उपचार गरेर घर फर्किने क्रममा पुरुषको बाटोमै निधन भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

उता उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ।

जिल्लाको सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढाले बताए।

प्रहरीले घटनास्थल पुगेर ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घाइते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया