आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउन खुकुला भएकै दिन अर्काे दुखद खबर, देशभर तरंग

प्रकाशित
1.2K
SHARES

बुटवल । सरकारले लकडाउन खुकुलाे भएकाे घाेषणा गरेकै दिन अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्यु कोरोना संक्रमणबाट भएको वा नभएको बारे खुलाएको छैन ।

यस्तै भातरबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । शवको व्यवस्थापन पनि भारतीय पक्षले नै गर्ने कुरा आएको छ ।’ भातरको मुम्बईबाट मजदुरी गरी फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा उनको मृत्यु भएको थियो ।

उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए । सुनौली बजारमा बस्ने क्रममा बुधबार बिहान उनले अचानक वान्ता गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो ।

नेपालमा विहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ६१४ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी अस्पताल विरगञ्जको प्रयोगशालामा रौतहटका ३ जना पुरुष, किटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौंडामा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा सप्तरीका ९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका २ जना पुरुष, रौतहटका १५ जना पुरुष र महोत्तरीका ४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जनामा संक्रमण पुष्टि भएका छन् । उनीहरु मध्ये २ जना महिला र ५ जना पुरुष रहेका छन् ।

यसैगरी भेरी अस्पतालको प्रयोगशालमा रोल्पाका १४ जना, बाँकेका १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेत अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ जना र सुर्खेतका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना पुरुष,प्युठानका ४ जना र रुपन्देहीका २९ जना रहेका छन् । यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा कैलालीका ७ जना, बाजुराका १८ जना र बझाङका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना पुरुष, रौतहटका ३९ जना पुरुषहरु रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ का १३ जिल्लामा ५ सय ७ जना, प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१, बागमती प्रदेशका १२ जिल्लामा १ सय ४७ जना, गण्डकी प्रदेशका ९ जिल्लामा १ सय ४७ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ३ सय ९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७ सय ५९ र सुदुरपश्चिम प्रदेशमा १ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया