आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लालीघाट दुर्घटनाका घाइतेको अस्पतालमा मृत्युभएपछि कोरोना परीक्षण हुँदै

प्रकाशित
674
SHARES

काठमाडौं । बुधबार कालीकोटको लालिघटमा भएको टिपर दुर्घटनाका एक जना घाइतेको उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको छ । हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएका दुई जनामध्ये २० वर्षीय महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको हो।

त्रिवि शिक्षण अस्पतालबाट किस्टमा रिफर भएका दुई घाइते मध्य एकजनालाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ । यस्तै अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ । २० वर्षीय महिलाको मृत्यु भइसकेपछि अर्का घाइतेलाई आईसीयुमै राखेर उपचार गर्न स्वास्थ्य सुरक्षाका दृष्टिले जोखिम हुने भएकाले ट्रमामा पठाइएको अस्पतालले जनाएको छ ।

भारतबाट आएका उनीहरुलाई क्वारेन्टिनमा राख्नैको लागि गाडीमा राखेर गन्तव्यतिर लगिँदै गरेको अवस्थामा दुर्घटना भएकाले कोरोनाको आशंकामा मृतक र घाइते दुबै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। बुधबार कालीकोटको लालीघाटमा ३९ यात्रु बोकेको टिपर दुर्घटना भएको थियो ।

किस्टमा एक जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु भएका मध्ये २ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा रास्कोट नगरपालिका २ कि २१ वर्षिया ठुम्कि सार्की र २३ वर्षिया शर्मिला सार्की रहेका छन । दुर्घटनामा परी ६ जना बेपत्ता छन् । वेपत्ता हुनेमा सोविन्द सार्कि, धिर सार्कि, कुल सार्कि, कमर सार्कि, धनरुपा सार्कि र प्रकाश सार्की रहेका छन् ।

कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो । दुर्घटना परि अन्य २८ जना सामान्य घाइते अबस्थामा सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । यस अघि पनि कालिकोटको लालीघाटमै जिप दुर्घटना हुँदा चालक डबल शाहीको ज्यान गएको थियो । लालीघाटबाट कुमालगाउँ जाँदै गरेको जिप लालीघाटको उकालोबाट तल झर्दा करिब २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया