आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गणतन्त्रविरोधीहरुले राष्ट्रपतिको विरोध गरे- प्रधानमन्त्री ओली

प्रकाशित
1.2K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र विरोधहरुले नै राष्ट्रपतिको विरोध गरेको  टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले बोल्दै पछिल्लो समय ससाना विषयमा पनि राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थामाथि आक्रमण हुने गरेको भन्दै त्यसकिसिमका कार्यमा संलग्नहरु गणतन्त्र विरोधी भएको बताएका हुन् ।

राष्ट्रपतिको विरुद्ध लगातार,अनवरत, हरेक स–साना निहुँमा आक्रमणको तारो बनाइन्छ । मैले त्यसलाई गणतन्त्र विरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु । के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुपलागेर बस्ने राष्ट्रपति चुप लागेर बस्या छ । त्यो भन्दा बढी राष्ट्रपतिले के गर्नुपथ्र्यो ?”

उनले राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिए । राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उनले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गरे ।

उनले भने, “गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन् । कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जेमा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन । दुवो काटेर चौरी चिटिक्क पारियो । अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्ने ? अनि राष्ट्रपतिले कोरोनाका विरुद्ध नलड चौरी चिटिक्क पार् भन्या हो र ? ”

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधाबारको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरूले कोरोना रोकथाम र नियन्त्रणमा अनियमितता भएको भनेर उठाएका प्रश्नको जवाफ दिँदै त्यसो गरेको पाइएमा कानुनको कठघरामा उभ्याइने बताएका हुन् ।

केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि जनाएका थिए । सांसदहरूले स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता भएको र केही कर्मचारीलाई सरुवा गरेर त्यसबाट जोगिन खोजेको आरोप लगाएका थिए ।

जवाफमा प्रधानमन्त्रीले भने, ‘कतिपयले यसमा अनियमितता भयो भन्ने सुनेका कुराहरूलाई उठाउनुभएको छ । कतिपयले यस्तो भन्ने रुचि पनि राख्नुहुन्छ, जेमा पनि अनियमितता भयो भन्ने र लान्छित गर्ने गर्नुहुन्छ । त्यसमा भर नपर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्रीले भने, ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ । कठघरामा उभ्याइन्छ । दोषी पाइएमा दण्डित गरिन्छ ।’

प्रतिक्रिया