आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि सरकारले बल्ल गर्यो जनतालाई यस्तो आग्रह, हेर्नुस बिस्तृतमा

प्रकाशित
633
SHARES

काठमाडौँ । सरकारले घरबाहिर जाँदा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाडमा जाँदा, घरबाहिर निस्कदा, सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग गर्न अनुरोध गरेका छन् ।

सरकारले घरबाहिर जाँदा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाडमा जाँदा, घरबाहिर निस्कदा, सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग गर्न अनुरोध गरेका छन् ।

मास्क प्रयोगले कोरोना भाइरस संक्रमणको जोखिम घटाउने सरकारको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि घरबाहिर निस्कदा मास्क प्रयोग गर्नु सुरक्षित हुने बताएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २७९ कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो ।

थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए ।

मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्र्किको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार ११ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७३ लाख ११ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २१ हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७३ लाख ११ हजार ६३१ पुगेको छ ।

३३ लाख ३ हजार ७८५ जनाको उपचार भइरहेकोमा ५३ हजार ९४४ जनाको अवस्था गम्भीर छ । ३५ लाख ९४ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८० हजार १८४ जनाको मृत्यु भएको छ ।

२१ लाख २४ हजार ६९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४२२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख २७ हजार २०८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३६ हजार ३२८ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६३६ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८५५ जनाको मृत्यु भएको छ । १२ लाख १८ हजार ८६९ जना संक्रमित भएकोमा ५ लाख ६३ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ५६८ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ५२० संक्रमित छन् । संक्रमितमध्ये ९२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७७ जना संक्रमित भएकोमा ८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया