आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२४ घण्टामा ९० जना डिस्चार्ज, हालसम्म ६७४ जना संक्रमित निको भए

प्रकाशित
1.4K
SHARES

काठमाडौं । नेपालमा बुधबारसम्म ६७४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये २ जना महिला र ८८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेको हो । मन्त्रालयका अनुसार नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् ।

उनका अनुसार गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ ।

यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ । यस्तै नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको हो । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् ।

प्रतिक्रिया