आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुपन्देही घटनाको २ दिन नबित्दै धनुषामा घट्यो अर्को अनौठो घटना, सथानीय त्रसित

प्रकाशित
887
SHARES

काठमाडौं । रुपन्देहीमा घ’टेको सामुहिक ह’त्याका’ण्ड सेलाउन नपाउदै धनुषामा गएराति एक जना युवकको ह’त्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गो’ली हा’नी २५ वर्षीय अरुण मण्डलको ह’त्या भएको हो । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गो’ली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै ह’त्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गो’ली लागेको छ ।

यसअघि सोमबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक ह’त्या भएको थियो । उक्त घटनाको अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले आजदेखि नै अनुसन्धान शुरु गरेको जनाएको छ ।

अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले घटनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछलगायतको काम भएको जानकारी दिए । अनुसन्धान टोलीमा प्रदेश दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक विकाश खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर रहेका छन्।

तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने तीन र गाउँका अरू दुई गरी पाँचजनाको सोमबार राति सामूहिक ह’त्या भएको थियो । सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको ह’त्या भएको हो । माधव र जानकी श्रीमान्–श्रीमती हुन् । करण र आशिष पोषराजका साथी हुन् । उनीहरु रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फार्म सञ्चालक पुन बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको धेरैजसो टाउको र घाँटीमा चोट देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले मृतकहरुको शव परीक्षणका लागि पठाइएको र छिट्टै नै घटनाको गहिराइमा पुगिने जानकारी दिए ।

प्रतिक्रिया