आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

प्रकाशित
1.4K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै छन् । संसद बैठक आज बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सांसदहरुले उठाएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नेछन ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूचीसमेत छ ।

यसैबीच निशान छापमा रहेको नक्सालाई अद्यावधिक गर्न ल्याइएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव संघीय संसद प्रतिनिधिसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राखेको प्रस्ताव सैद्धान्तिक छलफलपछि सर्बसम्मतिले स्वीकृत भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुस्त गरेपछि सत्तारुढ नेकपाका साथै प्रमुख प्रतिपक्ष कांग्रेससहित राजपा र समाजवादीलगायत सबै दलका सांसदले समर्थन जनाएका थिए ।

सैद्धान्तिक छलफलका क्रममा संविधान संशोधन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुसी व्यक्त गरेकी थिइन् । उनले संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिँदा सकारात्मक सन्देश गएको उनको भनाइ थियो । उनले भनिन्, ‘हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ ।’

विधेयक स्वीकृत भएसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरूलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । यसअघि संशोधनको समय घटाएर विधेयक अगाडि बढाउने भन्ने छलफल भएपनि सांसदहरूलाई संशोधन दर्ता गराउनका लागि पूरै समय उपलब्ध गराइएको छ । संशोधन दर्ता गर्ने अवधि सकिएपछि उक्त विधेयक पारित हुने पक्रियामा अगाडि बढ्नेछ ।

प्रतिक्रिया