आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित
1K
SHARES

चितवन । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा सारिएका कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको हो। भरतपुर महानगरपालिका वडा नं ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा मुट र निमोनियाको समस्यासमेत थियो।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएको र शवको व्यवस्थापन गर्ने बारेमा तयारी भइरहेको अस्पतालले जनाएको छ। यसअघि भरतपुर अस्पतालको आईसीयूमै उपचाररत एक युवकको मृत्यु भएको थियो। तर उनको स्वाब परीक्षणमा कोरोना देखिएको थिएन्। यस्तै कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७१ लाख ९३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ३१५ पुगेको छ । ३२ लाख ४९ हजार २०६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ ।

२१ लाख ९ हजार १७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३५ हजार ६३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३२७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ३९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २१२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७५ जना संक्रमित भएकोमा ८ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया