आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीद्वारा तीनै सुरक्षा प्रमुखहरु बर्खास्त, यस्ताे छ कारण

प्रकाशित
1.5K
SHARES

एजेन्सी। यतिबेला बिश्व नै कोरोना महामारीसंग जुधिरहेको छ । नेपालमा पनि महामारी दिनदिनै बढ्दै गइरहेको छ । विश्वका कयौ देशहरु यतिबेला लकडाउन अवस्थामा छन् । संक्रमित देशहरु कोरोना नियन्त्रणका लागि भरपुर प्रयास गरिरहेका छन् । यस्तो अवस्थामा प्रभावाकी भूमिका खेल्न नसकेको भन्दै कयौ देशका राष्ट्रप्रमुख बनेका र मन्त्रीहरु नै कारवाहीमा परेका खबरहरु सर्जवानिक भइरहेका छन् ।

यसैबीच पछिल्लोसमय आर्मेनियाका प्रधानमन्त्री पाशिनयानले मुलुकका तीनै सुरक्षा प्रमुखहरुलाई कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै पदबाट बर्खास्त गरेका छन् । बर्खास्तमा परेकाहरुमा सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सेवाका प्रमुखहरु रहेका छन् । तर प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुबाट के गल्ती भएको थियो भन्ने बारेमा केही बताएका छैनन् ।

स्थानीय अखबारले सेना प्रमुख आर्तक डाभत्यानले कोरोना संक्रमणकै अवस्थामा आइतबार छोराको विवाह भोज गरेलगत्तै प्रधानमन्त्रीले सेना प्रमुखलाई बर्खास्त गर्नु भएको लेखेको छ । आर्मेनियामा ठूला भेला, भोजभतेर गर्न निषेध गरिएको छ ।

कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएका थिए । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उनको परिवारका सदस्यहरुमा कोविड–१९ पोजेटिभ देखिएको थियो । फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री पाशिनयानले आफू र परिवारका सबै सदस्यको कोविड–१९ को पछिल्लो परीक्षणमा नेगेटिभ देखिएको बताएका छन् ।

उनको फेसबुक संदेशले त्यहाँका जनता भावुक बनेका थिए । सोमबार बिहानसम्म आर्मेनियामा १३ हजार ३२५ जना कोरोनाभाइरसबाट संक्रमित देखिएका थिए जसमध्ये २११ जनाको मृत्यु भएको छ । कोविड–१९ महामारी फैलिएसँगै आर्मेनिया सरकारले जारी गरेको आपतकालीन स्थिति आगामी जुन १३ तारिखसम्म रहने छ ।

५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार ११ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७३ लाख ११ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २१ हजार १८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७३ लाख ११ हजार ६३१ पुगेको छ ।

३३ लाख ३ हजार ७८५ जनाको उपचार भइरहेकोमा ५३ हजार ९४४ जनाको अवस्था गम्भीर छ । ३५ लाख ९४ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८० हजार १८४ जनाको मृत्यु भएको छ ।

२१ लाख २४ हजार ६९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४२२ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख २७ हजार २०८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३६ हजार ३२८ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६३६ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८५५ जनाको मृत्यु भएको छ । १२ लाख १८ हजार ८६९ जना संक्रमित भएकोमा ५ लाख ६३ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ५६८ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ५२० संक्रमित छन् । संक्रमितमध्ये ९२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७७ जना संक्रमित भएकोमा ८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया