आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् कोरोनाले अहिलेसम्म नछोएका नेपालका ५ जिल्ला

प्रकाशित
2.1K
SHARES

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ५ जिल्ला मात्र सुरक्षित रहेका छन् । मंगलबार इलाममा पनि संक्रमण पुष्टि भएपछि अब नेपालका ५ जिल्लामा मात्र कोरोना नफैलिएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) दिएको जानकारी अनुसार इलामका एक जना पुरुषमा कोरोना संक्रमण देखिएसँगै नेपालका ७२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म प्रदेश नम्बर १ को ओखलढुंगामा कोरोना संक्रमण देखिएको छैन । प्रदेश नम्बर १ का अन्य १३ जिल्लामा संक्रमण पुष्टि भएको छ । यस्तै बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा संक्रमण देखिएको छ । बागमती प्रदेशको रसुवा जिल्लामा पनि संक्रमण देखिएको छैन ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा संक्रमण पुष्टि हुँदा मनाङ र मुस्ताङ अहिलेसम्म संक्रमित देखिएको छैन । यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये रुकुम पश्चिममा पनि कोरोना संक्रमण देखिएको छैन ।

यस्तै प्रदेश नम्बर २ का सबै ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ का सबै १२ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै सुदुरपश्चिमका सबै ९ जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको आज विहान मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सी.यूमा उपचाररत उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुकामात्र भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समस्या सममेत रहेको थियो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला र स्याङ्जाका ५८ वर्षीय पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया