आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

प्रकाशित
2K
SHARES

काठमाडाैं । नेपालमा आइतबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमति मध्ये २ सय ९४ पुरुष र २० जना महिला रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये झापा गौरीगञ्ज गाउँपालिकाका ६ जना १८ देखि ४१ वर्षका पुरुषहरु, सुनसरीको कोशी गाउँपालिकाका १ जना १९ वर्षका पुरुष, मोरङका ९ जना १२ देखि ३६ वर्षका पुरुष तथा महिला रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालमा झापाका १८ देखि ३१ वर्ष सम्मका ३ जना पुरुषहरु, पाँचथरका १ जना २३ वर्षका पुरुष, सप्तरी राजविराजका ६ जना १४ देखि ३४ वर्ष सम्मका एक महिला र अन्य पुरुष रहेका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरु १६ देखि २५ वर्ष सम्मका पुरुष रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ आएको छ । उनीहरु एकजना स्याङ्जाको क्वारेन्टाइनमा रहेका ६० वर्षका पुरुष र कास्कीको पोखरामा रहेका ४२ वर्षका पुरुष रहेका छन्।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको क्वारेन्टाइमा रहेका ८ जना, बाराका ७ जना, एक बालिका सहति २ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । यस्तै रौतहटका जना ४ पुरुषहरु रहेका छन् । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा दाङका ४ मा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिकाका एकजना पुरुष, बर्दियाका १८ जना रहेका छन् । यस्तै सुर्खेत अस्पताल तथा पशुपन्छि रोग अन्वेशष प्रयोगशालमा गरीएको परीक्षणमा दैलखका १० जना पुरुषहरु, सल्यानका ५ जना र सुर्खेतका एकजना रहेका छन्।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु अर्घाखाँकीका ३१ जना रहेका छन् । यस्तै गुल्मी घर भएका हाल लुम्बिनी मेडिकल कलेजमा रहेका ३२ वर्षकी महिला, कपिलवस्तुका १७ जना, नवलपरासीका २ जना र पाल्ला घर भइ लुम्बिनी मेडिकल कलेजमा रहेका एकजना पुरुष, प्युठान घर भएका लुम्बिनीमा रहेका ८ जना रहेका छन् ।
यस्तै रुपन्देहीका ५ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना पुरुष, महोत्तरीको क्वारेन्टाइमा रहेका १२ जना पुरुष, रौतहटका ७ जना सर्लाहीका १ सय ६ जना रहेका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । जसमध्ये ४८८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १४ जनको ज्यान गएको छ ।

प्रतिक्रिया