आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् अझै पनि कोरोनाले नछोएका नेपालका ६ जिल्ला

प्रकाशित
1.1K
SHARES

काठमाडौं। विश्वमा महामारीको रुप लिँदै गइरहेको कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म १४ जनाको ज्यान लिइसकेको छ । भने हालसम्म ३७ सय ६२ जना संक्रमित भएका छन् । नेपालका ७१ जिल्लामा फैलिसकेको कोरोनाले झैँ ६ जिल्लालाई भने छुन सकेको छैन ।अहिलेसम्म प्रदेश-१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन् ।

यस्तै वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्। कर्णाली प्रदेशको पश्‍चिम रुकुममा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन। यी ६ जिल्ला कोरोनाबाट सुरक्षित रहेपनि २३ जेठसम्म कोरोना नदेखिएका कर्णालीको हुम्ला तथा गण्डकीको गोरखा र कास्कीमा संक्रमित फेला परेका थिए।

यस्तै, २४ जेठमा कर्णालीकै जाजरकोट र डोल्पामा पहिलोपटक कोभिड-१९ का बिरामी भेटिएका छन्। २५ जेठमा प्रदेश-५ को रोल्पामा पनि संक्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण फैलिएका जिल्ला ७१ पुगेका हुन्।

सुदूरपश्‍चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश-५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश-२ का आठवटै र प्रदेश-१ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानसम्म देशभर तीन हजार चार सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार मात्र नेपालमा थप ४८ जनामा कोरोना संक्रमन्न पुष्टि भएको छ । देशभर जोरोना संक्रमितको संख्या बढिरहेका बेला राजधानी काठमाडौँलगायत देशभरका शहरमा व्यापारिक प्रतिष्ठान र बजारहरु बिस्तारै खुल्न थालेका छन् । सरकार व्यापारीको उक्त कदमबारे मौन छ । यस प्रकारको लापरबाहीले देशमा महामारी झन् बढ्ने खतरा बढेको छ ।

नागरिकले बिस्तारै लकडाउनको पालन गर्न छोडेको देखिएको छ । अबस्था यस्तै रहेमा नेपालको स्थिति झन् भयावह हुने देखिन्छ । नेपालमा कोरोनाको संक्रमण जसरी बढेको छ त्यसको तुलनामा परिक्षणको क्रम निकै सुस्त छ ।

प्रतिक्रिया