आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमान घिसिङको परिपत्रले हंगामा, कर्मचारी सिवाकोटीले लेखे यस्तो खुलापत्र

प्रकाशित
781
SHARES

काठमाडौँ । नेपाल बिद्धुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जारी गरेको एउटा परिपत्रले अहिले आन्तरिकरुपमा ठुलै लफडा पैदा भएको छ । गत चैत १२ गते जारी गरिएको उक्त पत्रमा घिसिङले २०७६ पुस १ गतेदेखि लागु हुनेगरि ओभर टाइम भत्ता स्वीकृत भएको जानकारी गराइएको छ ।

उक्त निर्णयअनुसार भत्ता लागु गर्ने सन्दर्भमा सम्बन्धित कार्यलयले आफुले गरेका काम कार्यहरुको प्रगति विवरण नियमित रुपमा माथिल्लो कार्यालय पठाउने र प्रगति विवरण हेरी सोही अनुसार भत्ता मिलाउने प्रबन्ध गरिएको बताइएको छ । उक्त चिट्ठीलाई लिएर सोही संस्थामा कार्यरत दिनेश सिवाकोटीले कुलमान घिसिङलाई खुला पत्र लेखेका छन् ।

खुलापत्रमा केन्द्रिय कार्यालय कम्पाउण्डमा सेवारतलाई एक्काइस दिन हाजिर भए वापत इपिआर भत्ताको लागि योग्य हुने तर हुम्ला, जुम्ला डोल्पा, डोटि दार्चुला, मुगु, मनाङ, कालिकोट, बैतडी ताप्लेजुङ, तेह्रथुम, खोटाङ, भोजपुरलगायत देशै भरका बितरण केन्द्रहरुमा किन अन्य मापदण्ड ? भनेर प्रश्न उठाएका छन् ।

सिवाकोटीले लेखेका छन्- “एउटै संस्थामा एउटै प्रकृतिको भत्ताका लागी किन दुइ थरी मापदण्ड ? यस्तो बिभेदकारी मापदण्डमा मौन स्वीकृत जनाउने आधिकारिक ट्रेड युनियन किन मौन ? पिएमडीलगायत केन्द्रिय कार्यालयको परिसरमा रहेका तथा देशैभरका प्रसारण लाइन आयोजनाहरुमा लकडाउन अवधीमा घर बसेर तलब बाहेक भत्ता खुवाउने लेखा प्रमुख र कार्यालय प्रमुखहरुको हिसाब किताब अख्तियारमा गरीनेछ । समग्र श्रमिकहरुका लागी संचालक समितीमा यस्तो बिभेद बुझ्न नसक्ने विद्वानहरु हुनु दु:खद हो। ”

त्यस्तै उनले यस्तो गैरजिम्मेवार निर्णय गर्ने संचालक समितीलगायत उच्च ओहोदाका अधिकारीहरुले बिभिन्न बहानामा बुझ्ने अकुत भत्ताप्रती हाम्रो चासो रहनुपर्छ भन्दै अवका दिनमा त्यसको हिसाबकिताब गरिने बताएका छन्।

त्यस्तै बिभेदकारी प्रोत्साहन भत्ता बिरुद्द न्यायलयको ढोका ढकढकाउन बाध्य नपारियोस भन्दै सिवाकोटीले लकडाउनको मौका छोपी लुटको धन फुपुको श्राद्द गर्नेहरुको पहिचान गरेर नेपाल बिद्धुत प्राधिकरण बचाऔ अभियानमा सहयोग गर्न सबैलाई आव्हान पनि गरेका छन् । उनले भनेका छन्- हा”म्रो खबरदारी जारी छ । जारी छ। जारी छ। दिनेश शिवाकोटी नेपाल बिद्धुत प्राधिकरणको कर्मचारी संघ केन्द्रिय सदस्य समेत हुन् ।

प्रतिक्रिया