आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं महानगरमा भोलिबाट विद्यालयको पठनपाठन सुरू हुँदै, सूचनासहित

प्रकाशित
1.9K
SHARES

काठमाडौं।  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यार्थीहरुका लागि रेडियोमार्फत पठनपाठनको तयारी थालेको छ । महागरपालिकाले आइतबार सूचना जारी गर्दै कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ शुरु गरिने जानकारी दिएको हो ।

उसले जेठ २७ गते मंगलबारदेखि मेट्रो एफएममार्फ कक्षा संञ्चालन हुने जनाएको छ । विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीको लागि शिक्षकहरुलाई सहयोग गरिदिन समेत महानगरले आग्रह गरेको छ ।

यसैबीच कोरोना महामारीका बेला पनि सरकारले भाडा बढाएर भए सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भनेर भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो ।

यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ बताइएको छ तर यो कार्यान्यवन हुनेमा जनता ढुक्क छैनन्। सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुने भनिएको छ । यसबारे ट्राफिक प्रहरीले नियमत अनुगमन गर्ने छ ।

त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।

दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ । यदि सरकारले आफ्नो निर्णयलाई सहि तरिकाले लागु गर्न नसके यसको चपेटमा सर्वसाधार जनता पर्ने निश्चित छ ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने नयाँ रणनीति बनाएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन ७६ औं दिन पुग्दा सरकारले लकडाउन खुकुलो बनाउने योजनासहित नयाँ रणनीति बनाएको हो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ मोडालिटी तयार गरेको छ ।

तयार पारेको लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटीको विषयमा शनिबार छलफल भएको थियो । स्रोतका अनुसार, सरकारले यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी पारेको हो

नयाँ मोडालिटी अनुसार, सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन लागेको छ ।

आइतबार समितिले लकडाउनको मोडालिटीको विषय छलफल गर्ने र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । आइतबार नै बस्ने मन्त्रिपरिषद बैठकले मोडालिटी ठीक लागे निर्णय गर्ने छ । गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन जेठ ३२ गतेसम्मलाई तोकिएको छ ।

यस्तै सरकारले लकडाउनको एक सय दिनपछि असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईबीच आइतबार प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।

आइतबार बाटै टिकट बुकिङ समेत गर्ने तयारी थालिएको बतैएको छ । बुद्ध एयरका निर्देशक रुपेश जोशीले प्राधिकरण र व्यवसायीहरुबीचको छलफलपछि आफ्नो कम्पनीले टिकट बुकिङ खुला गर्न लागेको बताए । साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ ।

प्राधिकरण र व्यवसायीहरुबीच उडान खोल्नेबारे आइतबार बैठक डाकिएको थियो । उक्त बैठकमा प्राधिकरणका महानिर्देशक र एयर ट्रान्सपोर्ट डिभिजन प्रमुख सचितभक्त पोखरेल थिए । व्यवसायीसँगको बैठक सकिएलगत्तै महानिर्देशक पोखरेल मन्त्रालयको बैठकतर्फ लागेका छन् । मन्त्रालयले यो विषय उपाप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा लैजाने र समितिबाट मन्त्रिपरिषदबाट निर्णय हुने स्रोतले बतायो ।

प्रतिक्रिया