आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विदेशबाट फर्किने गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिने

प्रकाशित
685
SHARES

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइने गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्‍वारेन्टाइनको व्यवस्था गर्ने बताएका छन् ।

आइतबार विज्ञहरुसँगको भर्चुअल बैठकमा मन्त्री गुरुङले विदेशबाट फर्किने गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्‍वारेन्टाइनको व्यवस्था गर्ने बताएका हुन् ।

‘विदेशबाट उद्धार गरि ल्याइने गर्भवती तथा सुत्केरीहरुका लागि क्‍वारेन्टाइन लगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको छ,’ मन्त्री गुरुङले उनले भने ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले महिला,बालबालिका,जेष्ठ नागरिक,अपांग,असहाय लगायतको क्षेत्रमा मन्त्रालयले संवेदशील भएर लागिपरेको जानकारी दिए ।

प्रतिक्रिया