आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि थपिए २१३ कोरोना संक्रमित, संक्रमितको संख्या ३ हजार ४ सय ४८

प्रकाशित
556
SHARES

काठमाडौँ । नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २१३ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् । योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

संक्रमित हुनेमा सर्लाहीका ७५ जना, सल्यानका २८, सुर्खेतका २०, झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका ३ जना, कपिलवस्तुका १० जना, दैलेखका ३ जना, महोत्तरीका ५ जना, सिन्धुपाल्चोकका १ जना, उदयपुरका ३ जना, बाँकेका ३, बर्दियाका १, कैलालीका ५, गोरखाका १०, बागलुङका १० स्याङ्जाका १४ र नवलपरासी पूर्वका ४ जना रहेका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ९६८ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६७ रहेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९६ हजार २०५ परीक्षणहरु गरिएका छन् ।

यसैबीच कोरोना भाइरस (कोभिड १९) संक्रमित निको हुनेहरुको संख्या ४६७ पुगेको छ । गत २४ घन्टामा १०२ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जना, कलैया अस्पताल बाराबाट सोही जिल्लाका ३४ जना, कोभिड युनिफाइड अस्पताल बलम्बूबाट महोत्तरीका १, बुटवलको कोरोना आइसोलेसन सेन्टरबाट रुपन्देही र कपिलवस्तुका २७ जना निको भएर घर फर्किएका छन् ।

यस्तै कोरोना विशेष अस्पताल दाङबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना र रौतहटका १८ जना गौरको नर्सिङ इन्स्टिच्युटबाट डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाए । प्रवक्ता देवकोटाका अनुसार हालसम्म प्रदेशगत विवरणअनुसार डिस्चार्ज हुनेमा प्रदेश १ बाट ९१ जना, प्रदेश २ बाट १८६ जना, वाग्मती प्रदेशबाट ३२, गण्डकी प्रदेशबाट ३, प्रदेश ५ बाट १३३, कर्णाली प्रदेशबाट ९ र सुदूरपश्चिम प्रदेशबाट १३ जना रहेका छन् ।

निको हुनेमा ३९९ पुरुष र ६८ महिला छन् । यसअघि शुक्रबार एकैदिन ४३ जनाले संक्रमण जितेर घर फर्किएका थिए भने शनिबारमात्र ३२ जनाले जितेर घर गएका छन् ।

प्रतिक्रिया