आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विदेशबाट ल्याइएका नेपालीलाई राख्न ४७ होटेल बन्ने भए क्वारेन्टिन, यस्तो छ सरकारले बनाएको सुची

प्रकाशित
1K
SHARES

काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण बिदेशमा रहेर रोजगारी गर्न नसक्ने नेपालीलाई सरकारले उद्दार गरेर नेपाल ल्याउदै छ । त्यसरी विदेशबाट फर्किने नेपालीलाई राख्न ४७ वटा होटेललाई क्वारेन्टिन बनाइने भएको छ। सरकारले क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सार्वजनिक गरेको छ। जसमा चारतारेदेखि एकतारे होटलसम्म परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक गरेको सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटल समावेश छन्। चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन्। ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन्।

सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णयगरेसँगै होटलको सूची सार्वजनिक गरेको हो। होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ। उनीहरुलाई कम्तिमा १४ दिन क्वारेन्टिनमा राखेर चेकजाच गरेपछि मात्र घर फर्किन दिइने छ । हाल विश्वभर विभिन्न मुलुकमा थुप्रै नेपालिहरु अलपत्र अबस्थामा रहेको र उनीहरुको सरकारले उद्दार गर्ने बताइएको छ ।

विदेशबाट आएका नेपालीहरुमा कोरोनाको जोखिम उच्च हुने भन्दै सरकारले विदेशबाट आएका नेपालीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखेर चेक जाच गरेपछि मात्र घार जान दिने कार्यविधि बनाएको छ । हाल नेपालमा भरत तथा अन्य बाहिरी मुलुकबाट आएका व्यक्तिहरुमा नै कोरोना संक्रमण बढेको छ ।

नेपालमै बसेर आफ्नो काम गरिरहेका नेपालीमा भने खासै कोरोना देखिएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ३६५ जना निको भएर घर फर्केका छन् । त्यस्तै २ हजार ८ सय ५७ जना आइसोलेसनमा छन् । यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १ लाख ६८ हजार ३१ जना पुगेको छ ।

प्रतिक्रिया