आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीन-भारतबीच आज वार्ता, अन्तिम समयमा आएर चीनले दियो यस्तो अभिव्यक्ति, हल्लियो भारत

प्रकाशित
0.9K
SHARES

काठमाडौ । लामो समयदेखि चलिरहेको विवादलाई सहजीकरण गर्न दुइ छिमेकी राष्ट्र चीन र भारतबीच आज वार्तामा वस्ने भएका छन् । लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदैछ। दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ।

उनीहरूबीच यस वर्ष मात्र ३ पटक झडप भइसकेको बीबीसीले जनाएको छ। झडपपछि दुवै देशले आफ्नो सीमा क्षेत्रमा सैनिक बल बढाएका छन् । विश्व समुदायको चासोको विषय बनेको यो विवाद आज हुन लागेको वार्ताले समाधान हुने विश्वास गरिएको छ । अर्को तिर सीमा क्षेत्रमा तनाव बढिरहेका बेला चीनले समग्रमा सीमा क्षेत्रको स्थिति शान्तिपूर्ण रहेको दाबी गरेको छ ।

जुन ६ तारिख चिनियाँ र भारतीय सेनाका उच्च पदाधिकारीबीच सीमा विवादलाई लिएर वार्ता हुने तय भइरहेको बेला बेइजिङले समग्रमा शान्तिस्थिति नियन्त्रित रहेको भन्दै नरम रवैया प्रस्तुत गरेको हो । शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सम्बन्धित मुद्दालाई समाधान गर्न सक्रिय रहेको बताएका हुन् ।

तर उनले वार्ताको ठोस स्वरूपबारे प्रष्ट खुलाएनन् । भारतीय अधिकारीहरूले चिनियाँ सेनाले सीमा क्षेत्रमा बाक्लो उपस्थिति बढाएको दाबी गर्दै भारतले पनि उस्तै तयारी गरिरहेको बताउँदै आएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै एउटा अन्तर्वार्तामा सीमा क्षेत्रमा केही तनाव भएको स्वीकार्दै भारतले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेको बताएका थिए ।

यसैबीच चीनकाे विदेश मन्त्रालयले ‘आफ्नाे सरकारले काेराेना भाइरससँग सम्बन्धित डाटा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई दिन ढिलाइ गरेकाे दाबी’ काे खण्डन गरेकाे छ । चीन सरकारले यस किसिमकाे दाबी तथ्यभन्दा निकै पर रहेकाे र त्यसलाई पेस गर्नु ‘गम्भीर रुपमा असङ्गत’ भएकाे बताएकाे छ ।

चीन सरकारकाे याे प्रतिक्रिया समाचार एजेन्सी एपीमा प्रकाशित एक रिपाेर्टपछि सार्वजनिक भएकाे हाे । जसमा चीनले काेराेना महामारीसँग सम्बन्धित आवश्यक जानकारी समयमै उपलब्ध नगराएकाे भन्दै विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरु ‘निकै निराश’ भएकाे बताइएकाे छ ।

चीन सरकारमार्फत काेराेनासँग सम्बन्धित धेरैभन्दा धेरै जानकारी प्राप्त गर्नकाे लागि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक रुपमा नै चीनलाई सराहना गर्ने गरेकाे याे प्रतिवेदनमा दाबी गरिएकाे छ । तर चीन सरकारले याे रिपाेर्टलाई तथ्यरहित बताएकाे छ ।

चीनले भनेकाे छ, ‘चीनले काेराेना भाइरसमाथि जे काम गर्‍याे, त्याे पूरै विश्वकाे लागि उपलब्ध छ । तथ्याङ्क एकदम स्पष्ट छ र याे सबै जाँचमा सही साबित हुने हामीलाई विश्वास छ ।’ यसैबीच चीनकाे नागरिक उड्डयन नियामकले विदेशी एअरलाइन्सलाई चीन आउने अनुमति दिने तर तत्काल त्याे सम्भव नभएकाे बताएकाे छ ।

खासमा शङ्घाईबाट प्रकाशित हुने अखबार ‘द पेपर’ ले चीनकाे नागरिक उड्डयन मन्त्रालयकाे एक आदेशलाई उद्धृत गर्दै एक रिपाेर्ट प्रकाशित गरेकाे थियाे, जसमा लेखिएकाे थियाे– ‘चीन सरकार आफूले चाहेकाे केही विदेशी विमान कम्पनीलाई आफ्नाे उडान लिएर चीन आएने अनुमति दिन चाहन्छ ।’

याे रिपाेर्ट अमेरिकाले चिनियाँ विमान कम्पनीकाे उडान आफ्नाे देशमा प्रतिबन्ध लगाएपछि सार्वजनिक भएकाे हाे । चीनले यसअघि नै अमेरिकी विमान कम्पनीलाई आफ्नाे देश प्रवेशमा राेक लगाइसकेकाे छ ।

उता संयुक्त राज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्युयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ ।

डब्ल्यूएफबीओले सार्वजनिक गरेको फुटेजमा न्युयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारा स्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको छ । ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ र कान तथा टाउकाको पछाडिबाट रगत बगेको देखिएको छ । तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउने क्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेको देखिन्छ ।

यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको छ । बुफेलो प्रहरीले भने एक व्यक्ति ठेस लागेर भुइँमा लडेको भनाइ सार्वजनिक गरेको छ । प्रहरीले त्याे घटनाको छानबिन थालिसकेको जनाएको छ । प्रहरी आयुक्तले त्याे घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएको बताएका छन् ।

पश्चिम न्युयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन् । न्युयोर्कको एक अस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन् ।

प्रतिक्रिया