आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाबिरुद्ध लडिरहेको अमेरिकाले गरिदियो फेरी यस्तो ठुलो घोषणा, विश्वभर खुशीयाली, चीनलाई झट्का

प्रकाशित
1.7K
SHARES

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ।

विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १८ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए ।

विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए ।

त्यस्तै चीन र भारतबीच सीमानाका विषयमा तनाव चुलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन वार्ता भएको छ । करिव २५ मिनेट लामो फोन वार्तामा ट्रम्पले भारत र चीनबीच सीमा विवादले बढेको तनाबका विषयमा चासो राखेको बताइएको छ ।

त्यस अतिरिक्त राष्ट्रपति ट्रम्पले मोदीलाई जी-७ वैठकमा सामेल हुन पनि निम्तो दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दुवै नेताले अमेरिकामा भएको हिंसा, कोरोना भाइरसको महामारी र डब्ल्युएचओमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प जी-२० को महत्वलाई कम गर्न जी ७ लाई विस्तार गर्ने योजनामा छन् । जी-७ मा भारतसहित रुस, साउथ कोरिया र अष्ट्रेलियालाई सामेल गराउने योजनामा ट्रम्प छन् ।

यस्तै चीन र अमेरिकाकाबीचको सम्बन्ध खराव भइरहेको बेला उनले मोदीसंग फोन वार्ता गर्दै जी-७ मा भारतीय प्रधानमन्त्री मोदीलाई निम्तो दिएका हुन् । मोदीले निम्तोका लागी धन्यवाद दिंदै मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रहरीको यातनाले एक अ’श्वेत व्यक्तिको मृ’त्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा क’र्फ्यू लगाउदा पनि प्रदर्शन रोकिएका छैनन् । प्रहरीको या’त’नाबाट जर्ज फ्लोइड नामका अ’श्वेत व्यक्तिको मृ’त्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिं’सा’त्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा पुगेको बीबीसीले जनाएको छ ।

अश्वेत व्यक्तिको मृ’त्यु प्रकरण रं’भेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रदर्शनका क्रममा झ’ड’प, लु’ट’पाट, तो’फो’ड र आ’क्र’म’का घटना भइरहेका छन् । उच्च सुरक्षा तैनाथीसहित क’र्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुं’गा’मु’डा, तो’ड’फो’ड र लु’ट’पा’ट रोकेका छैनन् । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।

गएको सोमबार (मे २५ मा) एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका सुरक्षाकर्मीले नक्कली नोट दिएका भनिएका व्यक्ति जोर्ज फ्लोइडलाई समातेर गाडीमा राख्न खोज्दा नमानेपछि डेरेक शौभिन नामक ४४ वर्षीय सुरक्षाकर्मीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृ’त्यु भएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया