आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुग्यो

प्रकाशित
1.3K
SHARES

काठमाडौँ । सुर्खेतमा बिहीबार ज्यान गुमाएका २८ वर्षे युवकमा पनि कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष र पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुष गरी १० जनाको मृत्यु भएको थियो ।

यस्तै नेपालमा शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।

यस्तै कोरोना भाइरसको महामारीले विश्वभर ६६ लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६६ लाख ९२ हजार ६८६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ९९० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ ।

३० लाख ५८ हजार ७७४ जनाको उपचार भइरहेकोमा ५५ हजार ४६१ जनाको अवस्था गम्भीर छ भने ३२ लाख ४१ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ७७ हजार ८८ जनाको मृत्यु भएको छ ।

२० लाख ४५ हजार १५० जना संक्रमित भएकोमा १० लाख ४२ हजार ९० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३१ हजार १४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ७५ हजार ६९१ पुगेको छ । त्यसमध्ये ८ लाख ६४ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ५८ जनाको मृत्यु भएको छ । १२ लाख ६० हजार १ जना संक्रमित भएकोमा ७ लाख ६५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४६ हजार ७५ जनाको मृत्यु भएको छ । १० लाख ३० हजार ९० जना संक्रमित भएकोमा ४ लाख ८४ हजार ३६२ जना संक्रमणमुक्त भएका छन्।

अफ्रिकी मुलुकहरुमा ४ हजार ७८३ जनाको ज्यान गएको छ भने १ लाख ७२ हजार १८३ जना संक्रमित छन् । संक्रमितमध्ये ७५ हजार ८३० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८५० जना संक्रमित भएकोमा ८ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया