आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शुक्रवार एकै दिन थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टी

प्रकाशित
0.9K
SHARES

काठमाडौं । नेपालमा शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३६६ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ३२ हजार ९६६ जनाको परीक्षण भएको छ । क्वारेन्टाइनमा १ लाख ६६ हजार ७६५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा २ हजार ५६८ जना रहेका छन् ।

यस्तै कोरोना भाइरसको महामारीले विश्वभर ६६ लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६६ लाख ९२ हजार ६८६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ९९० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ ।

३० लाख ५८ हजार ७७४ जनाको उपचार भइरहेकोमा ५५ हजार ४६१ जनाको अवस्था गम्भीर छ भने ३२ लाख ४१ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ७७ हजार ८८ जनाको मृत्यु भएको छ ।

२० लाख ४५ हजार १५० जना संक्रमित भएकोमा १० लाख ४२ हजार ९० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३१ हजार १४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ७५ हजार ६९१ पुगेको छ । त्यसमध्ये ८ लाख ६४ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ५८ जनाको मृत्यु भएको छ । १२ लाख ६० हजार १ जना संक्रमित भएकोमा ७ लाख ६५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४६ हजार ७५ जनाको मृत्यु भएको छ । १० लाख ३० हजार ९० जना संक्रमित भएकोमा ४ लाख ८४ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ७८३ जनाको ज्यान गएको छ भने १ लाख ७२ हजार १८३ जना संक्रमित छन् । संक्रमितमध्ये ७५ हजार ८३० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८५० जना संक्रमित भएकोमा ८ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया