आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेती प्रादेशिक अस्पतालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित
1.8K
SHARES

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निकालेको विज्ञप्तिका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु डडेल्धुराका ५ जना र कैलालीका एकजना छन् । डडेल्धुरा गन्यापधुर–१ र २ का क्रमशः १७, ३८, २४, १९ र ५७ वर्षका पुरुषहरु संक्रमति भएका छन् । यस्तै कैलाली जानकी–७ का १६ वर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उता प्रदेश १ को विराटनगर र धरानबाट कोभिड-१९ का थप ३० जना संक्रमित निको भएर घर फर्केका छन्। कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ भर्ना भएका २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भएर फर्केका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। योसँगै प्रदेश १ बाट निको भइ घर फर्केनेको संख्या ७८ पुगेको छ।

विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ जना छन्। विराटनगरबाट घर फर्केनेमा एकजना पूर्व सङ्क्रमित छन्। सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई शय्याको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको छ। केही दिनभित्र मेची अस्पतालमा थप दुई शय्याको केन्द्र स्थापना गरिने घिमिरेले बताए।

यस्तै पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि डाक्टरसहित १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। यही जेठ २० गते पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि नै उनको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए। पाल्पामा हालसम्म सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया