आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

८ देशका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्याे

प्रकाशित
1.7K
SHARES

काठमाडौं । सरकारले ८ देशका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले लामो समयदेखि रिक्त रहेका देश र कार्यकाल सकिन लागेका देशमा नयाँ राजदूत पठाउनेबारे प्रक्रिया अगाडि बढाएको हो ।

हाल रिक्त रहेको दक्षिण कोरिया, श्रीलंका र दक्षिण अफ्रिकासहित अन्य पांच देशमा नयाँ राजदूत नियुक्ती प्रक्रिया अगाडि बढाएको हो । सरकारले अमेरिकामा एक वर्षअगाडि म्याद थपेर अर्जुन कार्की राजदूत छन् । परराष्ट्रमन्त्रालयबाट सहसचिवहरु तपस अधिकारी, निर्मल काफ्ले, गेहेन्द्रराज भण्डारी, जिवन श्रेष्ठ, रामकाजी खड्का राजदूतको दौडमा छन् ।

मुख्यसचिव लोकदर्शन रेग्मी पनि अमेरिकाको राजदूत हुने लविङमा रहेका छन। त्यस्तै चार महिनापछि थप चार देशका राजदूतको कार्यकाल सकिँदैछ । पाकिस्तान, बेलायत, जर्मनी र बेल्जियममा तीन र चार महिनापछि राजदूतहरुको कार्यकाल सकिँदैछ ।

जसअनुसार क्रमशः पाकिस्तानमा सेवा लम्साल, बेलायत दुर्गा बहादुर सुवेदी, जर्मनीका रमेश प्रसाद खनाल र बेल्जियम लोकबहादुर थापाको भदौ र असोजमा कार्यकाल सकिँदैछ । त्यस्तै परराष्ट्र सचिव शंकरदास बैरागीले पनि आगामी असोजबाट अवकाश पाउँदैछन् । बैरागीको ठाउँमा नयाँ सचिवका लागि दौडधुप सुरु भएको छ ।

सचिवका लागि भरतराज पौडेल, सेवा लम्साल र अमृत राईबीच प्रतिस्पर्धा छ । मुख्यसचिवमा परराष्ट्र सचिव वैरागी र वनसचिव विश्वनाथ ओली मध्य एक जनालाई बनाउने सरकारको तयारी छ ।

यसैबीच चीनले हङकङका सम्बन्धमा १५ जेठमा पारित गरेको राष्ट्रिय सुरक्षासम्बन्धी ऐनलाई नेपालले समर्थन गरेको छ । नेपालले एक चीन नीतिलाई लिएर दोहोर्‍याउँदै हङकङलाई चीनको अभिन्‍न अंगको रुपमा लिएको जनाएको हो । चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर नेपालले उक्त प्रतिक्रिया दिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’ हङकङलाई चीनको अभिन्न अंगका रूपमा नेपालले सुरुदेखि नै समर्थन गर्दै आएको छ ।

 

प्रतिक्रिया