आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डोल्पाको ठुलीभेरीमा बगेर तीन बालबालिकाको मृ’त्यु

प्रकाशित
793
SHARES

सुर्खेत । डोल्पाका ठुलीभेरी नदीमा बगेर मंगलबार तीन बालबालिकाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ठुलीभेरी नगरपालिका -९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०/ ११ वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायत रहेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा बताइन् ।

गाइबस्तु चराउन गएका उनीहरु ठुलीभेरी नगरपालिका-९ मोतिपुरस्थित भेरी नदी तरेर पारिपट्टी जानेक्रममा बगेका थिए । यशोदा र विजयलाई बगेको ठाउँदेखि करिब दुई किलोमिटर टाढा बगाउँदै गरेको अवस्थामा उद्धार गरी जिल्ला अस्पताल दुनै पुर्‍याएको थियो । तर उनीहरुलाई अस्पतालले मृ’त घोषणा गर्‍यो ।

गंगा कठायतको शव भने बगेको ठाउँदेखि पाँच किलोमिट टाढा त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोट बगरमा प्रहरीले फेला पारेको हो ।

प्रतिक्रिया