आज : गते

ताजा शिर्षकहरु

कांग्रेसका ८ सांसदको संविधान संशोधन विधेयक पार्टीको निर्णय विपरित

प्रकाशित
753
SHARES

काठमाडौं । सरकार नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्याक’बाट पास गर्ने तयारीमा छ । तर संसद सचिवालयमा भने एकपछि अर्को गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ ।

मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ८ जना सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू चित्रलेखा यादव, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, प्रदीप गिरि, उमाकान्त चौधरी, अभिषेक प्रताव शाह, नमिता चौधरी र पदमनारायण चौधरीले मंगलबार विधेयक दर्ता गरेका हुन् ।

मंगलबार नै राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गर्न खोजेको थियो । तर, विधेयकको फर्म्याट नमिलेको भन्दै संघीय संसद सचिवालयले फकाईदिएको छ । सोमबार मात्र राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेका थिए ।

प्रतिक्रिया