आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमित पुष्टि, प्रदेश ५ मा ६७८ पुग्याे

प्रकाशित
704
SHARES

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिका-१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् । सल्यानको दार्मा गाउँपालिका-१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

यस्तै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६७८ पुगेको छ । मंगलबार कपिलवस्तुमा १७ जना,रुपन्देहीमा ८ जना र नवलपरासी पश्चिममा एकजना नयाँ संक्रमित थपिएका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका हुन् ।

मंगलबार कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा शिवराज नगरपालिकाका १५ जना तथा बाणगंगा नगरपालिका र महाराजगन्ज नगरपालिकाका एक/एक जना रहेका छन् । १७ जनामा तीनजना महिला हुन् ।

शिवराजको वडा नं. ३ का २० देखि २४ वर्षका पुरुष ३ जना, वडा नं.४ का १८ र ,४२ वर्षका पुरुष २ जना, वडा नं.५ का बर्ष २४ र २८ का दुईजना महिला तथा २१ र ३० वर्षका पुरुष २ जना, वडा नं. ६ की १९ वर्षकी एक महिला, वडा नं. ८ का बर्ष २८ का एक पुरुष, वडा नं. १० का बर्ष १७ का एक पुरुष र वडा नं. ११ का १७,२३,२९ वर्षका पुरुष तीन जना पुरुष रहेका छन् ।

यस्तै बाणगंगा नगरपालिका वडा नं.४ का वर्ष १६ का एक जना पुरुष तथा महाराजगन्ज नगरपालिका वडा नं. १० का बर्ष २८ का पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । मंगलबार दिउँसोको तथ्यांक अनुसार कपिलवस्तुमा ३३४, बाँकेमा १९६, रुपन्देहीमा ६०, दाङमा ४५, बर्दियामा १०, नवलपरासीमा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३ र रुकुम पूर्वमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ मा रोल्पा र प्युठानमा संक्रमित भेटिएका छैनन् । प्रदेशका १२ जिल्लाका क्वारेन्टिनबाट १६ हजार ३०७ जनाको स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएकामा तीनहजार बढीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले बताए ।

प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टिनमा ४० हजार बढी बसेका छन् । प्रदेश ५ मा कोरोना संक्रमित मध्ये गुल्मी,अर्घाखाँची र बाँकेका एक-एक जना गरी तीनजनाको मृत्यु भएको छ । ५७ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया