आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हङकङमा एकैदिन तीन उडान भर्दै नेपाल एयरलाइन्स

प्रकाशित
618
SHARES

काठमाडौं । नेपाल एयरलाइन्सले सोमबार एकैदिन तीन हङकङका लागि तीन उडान भर्ने भएको छ। सोमबार साँझ ९ बजे हङकङका लागि पहिलो विमान काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थालबाट प्रस्थान गरेको र बाँकी दुई वटा पनि त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको नेपाल एयरलाइन्सका प्रवक्ता दीपु जुवार्चनले जानकारी दिए।

उनका अनुसार सोमबारै १० बजे अर्को जहाज पनि हङकङका लागि प्रस्थान गर्दैछ भने ११ बजेतिर तेस्रो जहाज पनि हङकङकै लागि प्रस्थान गर्दैछ। नेपाल सरकारले हङकङमा कामदार भिसा भएका र उताकै आइडी भएका नागरिकलाई जान अनुमति दिने निर्णय गरेसँगै निमगले उडान भरेको हो।

यो निगमको इतिहासमा नै एकैदिन यति धेरै उडान भएको बताइएको छ। निगमले एक वाइडबडी र दुई एयरबसबाट हङकङ उडान गर्ने भएको हो।

यस्तै नेपाल आयल निगमले कानुन विपरीत हवाई इन्धनको मूल्य तोकेको भन्दै वायुसेवा संचालक संघले आपत्ति जनाएको छ। संघले आइतबार जारी गरेको विज्ञप्तीमा आयल निगमले हवाई इन्धनमा अझै पनि इन्डियन आयल निगमले प्रदान गरेको तुलनामा प्रतिलिटर ३३ रुपैयाँ मुनाफा लिई ६५ रुपैयाँ मूल्य तोकी राख्नु अस्वभाविक र अवाञ्छनीय भएको समेत उल्लेख गरेको हो।

यसका साथै उक्त मूल्य वायुसेवा संचालकलाई अमान्य रहेको समेत संघले जनाएको छ। आयल निगमले इन्धनमा बढी मूल्य लिएकै कारण सुपथ मूल्यमा हवाई सेवा प्रदान गर्न नसकिने संघले विज्ञप्तिमा उल्लेख गरेको छ।

निगमले खरिद मूल्यमा १० प्रतिशत मात्र नाफा राखी हवाई इन्धनको मूल्य समायोजन गर्न पनि संघको माग छ। सरकारले बजेटमार्फत् हवाई इन्धनमा पूर्वाधार कर छुट तथा थप भन्सार शुल्क नलाग्ने व्यवस्था गरेपछि निगमले साविकको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाई ६५ रुपैयाँ कायम गरेको थियो।

प्रतिक्रिया