आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कर्णाली र कपिलवस्तुमा गरि थप ११४ जनामा कोरोना पुष्टि

प्रकाशित
727
SHARES

वीरेन्द्रनगर । पछिल्लोसमय नेपालमा कोरोना संक्रमण गएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा साेमबार मात्रै थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ ।

सोमबार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतका ३१ जनामा संक्रमण देखिएको हो । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिको परीक्षणमा जुम्ला र दैलेखका ४२ जनामा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमितहरु दैलेखका ४१, जुम्लामा १९, सल्यानका १० र सुर्खेतका ५ जना रहेका छन् । यसअघि मन्त्रालयले आइतबारसम्म १ सय २३ जनामा संक्रमण पुष्टि गरेको थियो ।

सोमबार संक्रमण पुष्टि भएकामध्ये दुईजना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी छन् । भारतबाट आएका र क्वारेन्टाइनमा बसिरहेकालाई मात्र कोरोना संक्रमण देखिएकोमा पहिलोपटक क्वारेन्टाइनबाहिर प्रहरीलाई संक्रमण देखिएको हो । यस्तै कपिलवस्तुमा सोमबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय नाघेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ९ पुगेको छ ।

सोमबार शिवराज नगरपालिकामा २५ जना थपिएका छन् । योसँगै शिवराज नगरपालिकामा संक्रमितको संख्या ३२ पुगेको छ । त्यस्तै बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन् । बुद्धभूमि नगरपालिकामा संक्रमितको संख्या ४९ पुगेको छ ।

त्यसैगरी वाणगंगा नगरपालिकामा पनि दुई जना महिलामा संक्रमण देखिको छ । वडा नम्बर ११ का ३१ र ३८ वर्षीया महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । वाणगंगामा संक्रमितको संख्या १४ पुगेको छ । कपिलवस्तुमा अहिलेसम्म २३ जना निको भएका छन् ।

प्रतिक्रिया