आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकाबिहानै भारतीय समुह जबरजस्ती नेपाल छिर्न खोज्यो, सशस्त्रले फायरिङ गरेपछि हतियार खोसाखोस

प्रकाशित
1.3K
SHARES

काठमाडौं । एका बिहानै भारतीयहरुको एक हुल नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकहरुबीच सर्लाहीमा तनाव भएको छ कोरोनाका कारण देश लकडाउनमा भएका भारतीयहरुको एक समुह जबरजस्ती नेपाल छिर्न खोजेपछि सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई रोकेको थियो ।

नेपालको सुरक्षाकर्मीले उनीहरुलाई रोकेपछि एकछिन अबस्था तनावग्रस्त बन्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नुपरेको छ । नेपाल प्रवेशमा रोक लगाएको भन्दै भारतीयहरुको समुहले सशस्त्र प्रहरीको हतियार नै खोस्न खोजेपछि प्रहरीले फायरिङ्ग गर्नुपरेको बताइएको छ ।

ठूलो समूहमा हुलहुज्जत गर्दै नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई हवाई फायरिङ्ग गरेर तितरबितर गर्नुपर्ने अवस्था आएको सशस्त्र प्रहरीले जनाएको छ । फायरिङ्गपछि भारतीय नागरिकको समूह सिमा पारी रोकिएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०/४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

उनीहरु किन नेपाल प्रवेश गर्न खोजेका हुन् भन्नेबारेमा सर्लाही जिल्ला प्रसाशन कार्यालयले यो समाचार तयार पार्दासम्म आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । त्यसबारे खोजि भइरहेको जिप्रकाले जनाएको छ ।

भारतीयहरुले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीका हतियार खोस्न प्रयास गरेका थिए । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । अहिले स्थिति सामान्य बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया