आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा आज एकैदिन २०८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १४ सय २० पुग्यो

प्रकाशित
863
SHARES

काठमाडौँ । नेपालमा शनिबार मात्रै एकैदिन २०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएपछि एकैदिन २०८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितका संख्या ७८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

यसअघि १८९ जनामा र शनिबार साँझ थपिएका १९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि आज एकैदिन २०८ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४२० पुगेको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन् । यस्तै धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् ।

विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।

पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ११ हजार ७ सय ४७, प्रदेश नम्बर २ मा ६ हजार ८ सय १८, बागमती प्रदेशमा २५ हजार २ सय ३१ र गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अमेरिकाको जोन हकिन्स विश्वविद्यालयका अनुसार शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन लाख ६० हजार ४०० भन्दा बढी पुगेको जनाएको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १७ लाख ९४ हजार १५३ रहेको छ भने एक लाख चार हजार ५५० सङ्क्रमित अमेरिकीको अहिलेसम्म मृत्यु भएको छ । अमेरिकामा व्यक्तिको उपचारपछि निको हुने सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच लाख १९ हजार ६११ पुगेको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा धेरै मृत्य अमेरिकामा भएको छ भने त्यसपछि क्रमशः बेलायत, इटली, फ्रान्स र ब्राजिल रहेका छन् । बढी प्रभावित दक्षिण एशियाली मुलुकमा धेरै सङ्क्रमितको सङ्ख्या भारतमा रहेको छ । पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, नेपाललगायतका मुलुकमा पनि पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारतमा सङ्क्रमितको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने पाकिस्तानमा ६६ हजार ४५७, बङ्गलादेशमा ४४ हजार ६०८ र अफगानिस्तानमा १४ हजार सङ्क्रमित रहेका छन् ।

नेपालमा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ४०१ पुगेको छ भने छ जनाको मृत्यु भएको छ । ब्राजिलमा विगत २४ घण्टामा एक हजारभन्दा बढी सङ्क्रमितको मृत्यु विश्वव्यापी महामारीबाट बढी प्रभावित मुलुकहरूमध्ये ब्राजिल पाँचौ स्थानमा परेको छ । कोरोनाभाइरस सङ्क्रमणका विगत २४ घण्टाको समयमा मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

ब्राजिलमा शनिबारसम्म २७ हजार ८७८ कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । ‘शनिबारसम्ममा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या चार लाख ६५ हजार १६६ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १२४ पुगेको छ’ मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा कूल २६ हजार ९२८ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सबैभन्दा बढी साओपाओलामा एक लाख व्यक्ति सङ्क्रमित भेटिएका छन् भने करिब सात हजार ३०० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । त्यसपछि बढी प्रभावित स्थानहरूमा रियो दि जेनेरियो, सिएरालगायतका शहर रहेका छन् ।

प्रतिक्रिया